नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि गोलरहित बराबरीमा रोकिएको छ।

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो। दुवैटोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन्। गत बुधबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल को बराबरीमारोकिएको थियो। नेपाल भारत दुवै टोली ओलम्पिक छनोटको तयारीमा छन्। समूहसी मा रहेको नेपालले भियतनाम, प्यालेस्टाइन अफगानिस्तानसँग खेल्नेछ।  

नेपालले आगामी अप्रिलमा प्यालेस्टाइनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ। भारतको समूह‘ ‘जीमा भने तुर्केमिनिस्तान कीर्गिस्तानछन्। समूहको शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा स्थान बनाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय