
बुढानीलकण्ठ नगरपालिका वडा नं , ७ को आयोजनामा २ दिवसिय सकारात्मक सोच तथा मनोविमर्श तालिम सम्पन्न भएको छ ।बुढानीलकण्ठ नगरपालिका वडा नं , ७ का वडा अध्यक्ष बस नारायण महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिबुढानीलकण्ठ नगरपालिका‘का नगर प्रमुख मिठाराम अधिकारी रहनुभएको थियो । असार १८ र १९ गते मनोविद वासु आचार्यद्वाराप्रशिक्षण प्रदान गरिएको तालिममा वडा सदस्यहरु झपट बहादुर कार्की र अनिता मिजारले उपस्थिति जनाउनुभएको थियो । ५३ जनास्थानीय नागरिकहरुको सहभागिता रहेको उक्त तालिमले सहभागीहरुमा मनोवैज्ञानिक , संवेगात्मक , तथा सामाजिक तन्द्रुस्ति प्रदानगरेको थियो ।
सन्चारकर्मी रविन्द्र ढुंगेलबाट सहजिकरण भएको तालिममा सहभागिहरुले आफूले भोगिरहेका विभिन्न समस्याहरु तथा विभिन्न घटनाहरुर त्यसको व्यवस्थित समाधान बारे जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ मनोविज्ञ बासु आचार्यले दिनुभयो । व्यक्तिकोमनोवैज्ञानिक अवस्था (जस्तैः हेराइ, सोचांइ, बुझाइ, भावना व्यवहार) र समाज वा सामाजिक पक्ष (जस्तैः परिवार, समुदाय, वातावरण, रीतिरिवाज, चालचलन) बीचकोे अन्तरक्रिया र त्यसबाट उत्पन्न हुने अनुभव र व्यवहारलाई कार्यक्रममा प्रस्तुत गरियो ।