
नेपालको संविधान २०७२ अनुसार देश संघीयतामा प्रवेश गरिसकेपछि ०७४ सालको स्थानीय तहको निर्वाचनबाट शैलुङ गाउँपालिका दोलखाले नेतृत्वको रूपमा सरल, समन्वयकारी, सहज, बौद्धिक, आदर्शवान, दूरगामी दृष्टिकोण भएका ईमानदार नेतृत्वको रूपमा कम्युनिस्ट नेता भरत प्रसाद दुलाललाई पायो । दुलाल जनताहरुबाट तिव्र रुचिमा पर्नुभयो । स्थानीय तहलाई स्वायत्त बनाउँदै विकासको जगहरु बसाल्नु अत्यन्तै चुनौतीपूर्ण काम थियो । अध्यक्ष दुलालको लगाव – कार्यकुसलताकै कारण गाउँपालिकाले छोटो अवधिमा नै नीतिगत तथा रणनीतिक योजना तयार गर्दै गाउँपालिकालाई विकासको गतिमा दौडाउन क्रियाशिल भयो अन्ततः गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भयो । भौतिक विकासको क्षेत्रमा पनि उल्लेख प्रगति गरिरहेको यो गाउँपालिका अध्यक्ष दुलालको स्वच्छन्द नेतृत्वकै कारण प्रगतिशील गतिमा अगाडि बढिरहेको छ । करिब ४/५ बर्षको अवधिमा शैलुङमा अथाह काम भएका छन् , सयौं ऐतिहासिक कार्यहरुको सुरुवात भएको छ । ती मध्य अध्यक्ष दुलालका २० फोकस पोइन्ट यस्ता छन् ।
(१) बाघखाेर – फस्कु – भैसे सडक : ६० करोड ; ठेक्का प्रक्रियामा
(२) मुडे – बाघखाेर – ढुङ्गे सडक : ५० करोड; ५० % माथि काम हुदै
(३) शैलुङ गाउँपालिका चक्रपथ लगायत अन्य महत्त्वपूर्ण १५० किलोमिटर सडकको डिपिआर सहित कच्ची ट्रयाक खुलेको।
(४) तेक्वान्दोकाे अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्र शिलान्यास – २७ करोड लागत अनुमान। १० करोड स्रोत सुनिश्चित।
(५) ५ वटा माेटरेवल पुल निर्माण। १ दर्जन झाेलुङ्गे र ट्रष्ट पुल साथै थुप्रै साना फड्ने साघु निर्माण। २ वटा प्रहरी चाैकी पक्की भवन निर्माण।
(६) नेपाल कै ठुलो मध्येको काेल्ड स्टाेर निर्माण, ४ वटा साना रस्ट्रिक स्टाेर र ४ वटा कृषि उपज संकलन केन्द्र निर्माण।
(७) १७ वटा खानेपानी आयोजनाकाे डिपिआर सहित १५ वटा खानेपानी आयोजनाहरु निर्माण सम्पन्न। १ हजार घरमा १ घर १ धारा निर्माण। १२ सय खानेपानीका ट्यांकी वितरण। १ लाख मिटर भन्दा बढी पाइप अस्थायी रुपमा खानेपानी व्यवस्थापनका लागि वितरण।
(८) दाेलखाकै ठुलो शैलुङ खेलमैदान सहित १७ वटा खेलमैदानहरु निर्माण। बृद्धाआश्रम निर्माण, सामाजिक सुरक्षा र समावेशीकरणका क्षेत्रमा लगानी।
(९) ३३ वटा विद्यालय भवन निर्माण। ३ वटा प्राविधिक विद्यालय स्थापना। १ वटा नमुना माध्यमिक विद्यालय स्थापना लगायत शिक्षा क्षेत्रमा व्यापक लगानी। १ करोड ८० लाखको शिक्षा तथा स्वास्थ्य क्षेत्र व्यवस्थापन अक्षयकोष स्थापना।
(१०) ३३ वटा विद्यालयहरु, १२ वटा स्वास्थ्य संस्थाहरु, ८ वटा वडा कार्यालयहरु सहित गाउँ गाउँमा अप्टिकल फाइबर सहितको इन्टरनेट सेवा विस्तार।
(११) गाउँपालिका र वडा केन्द्र निर्धारण गरि गाउँपालिका भवन र ५ वटा वडा कार्यालय भवन निर्माण।
(१२) सीप विकास तालिम मार्फत स्वराेजगार अभियान संचालन। कृषि, पशुपंक्षी र साना घरेलु उद्योग स्थापनामा अनुदान कार्यक्रम।
(१३) शैलुङ अस्पताल भवन, काेभिड अस्पताल भवन र १२ वटा स्वास्थ्य संस्था भवन निर्माण गरि स्वास्थ्य क्षेत्रमा सुधार। आयुर्वेद केन्द्र स्थापना र संचालन।
(१४) मिनि ग्रेटवाल सहित महत्त्वपूर्ण पर्यटकीय क्षेत्र र धार्मिक-सांस्कृतिक क्षेत्रहरुकाे संरक्षण। गुम्बा, छाेर्तेन, मन्दिर, मुर्ति निर्माण गरि धर्म-संस्कृतिलाई पर्यटन र समृद्धिकाे अभियान संग जाेड्ने काम।
(१५) पर्यटकीय गाेलघर, हाेटल सहित कालापानीमा सानो पर्यटकीय ग्राम निर्माण।
(१६) ३ वटा ठुलो सिंचाइ कुलो सहित साना सिंचाइ आयोजनाहरु निर्माण र संचालन।
(१७) पुनर्निर्माणकाे काम अन्तिम अवस्थामा ७ हजार ७ सय जनताका घरहरू निर्माण।
(१८) पानीको मुहान संरक्षण, १५ वटा पानी रिचार्ज पाेखरी निर्माण। Eba II परियोजना संचालनमा।
(१९) कृषि र पशुपंक्षी प्राविधिकहरु वडा वडामा खटाइ आधुनिक उत्पादन प्रणालीको सुरुवात। तालिम सहित आलु, किवि, बाख्रा, तरकारी पकेट क्षेत्रकाे विस्तार।
(२०) प्रतिक्षालय, सामुदायिक भवन, सार्वजनिक शाैचालय, हेलिप्याड निर्माण। सुशासन, न्यायीक क्षेत्रमा सुधार। कर्मचारी व्यवस्थापन, ६० वटा भन्दा बढी ऐन, कानुन, कार्यविधि, मापदण्ड निर्माण लगायत १ हजार बढी धेरै परियोजनाहरु संचालन ।