विश्व वातावरण दिवस जून , जेठ २३ को अवसरमा बुढानीलकण्ठ नगरपालिका वातावरण शाखाको आयोजनामा वृहत् सरसफाइतथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हाम्रो भूमि, हाम्रो भविष्य भन्ने मूल नाराले अन्तराष्ट्रिय रुपमा वातावरण अनुकूल विकास गर्नजोड दिएको जल  सम्पदा संरक्षण , प्राकृतिक स्रोत संरक्षण , सरसफाइ तथा वृक्षरोपण मार्फत जलवायु परिवर्तनको नकारात्मकप्रभाव नियन्त्रणमा क्रियाशिल यस बुढानीलकण्ठ नगरपालिकाले रुद्रमती सरसफाइमा उल्लेखनीय प्रगति हासिल गरेकोछ

बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी , नगर उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत तुल्सिरामअर्यालबाट सम्युक्त रुपमा वृक्षरोपण तथा झाडु लगाएर शुभारम्भ गरिएको उक्त कार्यक्रमा बुढानीलकण्ठ नगरपालिका वडा नं, कावडा अध्यक्ष तथा नगरस्तरीय फोहोरमैला व्यवस्थापन समिति संयोजक  रवि खड्का,  वडा नं, १० का वडा अध्यक्ष तथा नगर प्रवक्तानवराज भट्टराई ,  वडा नं, १२ का वडा अध्यक्ष शम्भू भट्टराई ,  वडा नं, १३ का वडा अध्यक्ष टिका नारायण श्रेष्ठ ,  वडा नं, का वडाअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत वातावरण तथा विपत् व्यवस्थापन समिति संयोजक राम कुमार रोक्का , नगरपालिका वातावरण शाखाप्रमुख विनोद पाठक सहित  वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो

विभिन्न विद्यालयबाट उपस्थित विद्यार्थी सहित करिब ५०० जनाको सक्रिय सहभागिता भएको उक्त कार्यक्रम बुढानीलकण्ठनगरपालिका१३ स्थित भद्रकाली मन्दिरबाट सुरु भएर रुद्रमती नदि किनार वरपर सन्चालन भएको थियो कार्यक्रममा नगर प्रमुखमिठाराम अधिकारीले रुद्रमतीको सरसफाइमा उल्लेख प्रगति भएको तथा बुढानीलकण्ठ नगरपालिका जल सम्पदा , प्राकृतिक स्रोतसंरक्षणमा निरन्तर क्रियाशिल रहने बताउनुभयो मेयर अधिकारीले फोहोरमैला व्यवस्थापन सामूहिक अभियान भएको प्रत्येक व्यक्तिलेनगर सफाइको अभियानमा साथ दिन अपिल गर्नुभयो   शाखा प्रमुख विनोद अधिकारीले नयाँ पुस्तालाई सफा हराभरा वातावरणसहितको बुढानीलकण्ठ नगरपालिका दिने बताउनुभयो पाठकले प्रकृति अनूकुल विकासमा बुढानीलकण्ठ नगरपालिकाले जोड दिएकोराय व्यक्त गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय