
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ दोलखाको संयोजक रहि सक्रिय राजनीति गरिरहेका रामहरि शिवाकोटी प्रदेश खेलकुद विकास परिषद अन्तर्गत दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा मनोनीत भएका छन् ।
प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) को ” क ” मा व्यवस्था भएबमोजिम दोलखा जिल्ला अध्यक्षमा शिवाकोटीलाई मनोनीत गरिएको हो ।
प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले शिवाकोटीलाई मनोनीत गरेका हुन् , खेल क्षेत्रको विकासमा हरदम क्रियाशिल रहने शिवाकोटीले प्रतिक्रिया दिएका छन् ।

मनोनयन पत्र