
नेकपा(एमाले)को तर्फबाट तामाकोसीको अध्यक्षमा इन्टेलेक्चुअल एण्ट क्रियटिभ आर्किटेक्ट इन्जिनियर सुवेदीको उमेद्वारी
नेपालको संविधान २०७२ जारी भएपछि स्थानीय तहको दोस्रो चुनाव आइरहेको छ । पहिलो चुनावमा स्थानीय तहको कार्यक्षेत्र, साधन र स्रोतबारे धेरैलाई जानकारी थिएन । वास्तवमा स्थानीय सरकारको कार्यक्षेत्र साधन र स्रोत हेर्ने हो भने केन्द्रीय सरकार जस्तै शक्तिशाली छ । अहिले स्थानीय तहको चुनावको आकर्षण छ ।
स्वतन्त्र मात्र नभएर पार्टीभित्र पनि युवाहरूले दलगत रूपमै पनि स्थानीय तहमा आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन् । विगतका चुनावमा युवाको भूमिका केवल पार्टीका उम्मेदवार जिताउने मात्र थियो । तर, अहिले युवाहरूले आफूलाई जबर्जस्त रूपमा उभ्याएका छन् ।
यसैबीच नेकपा (एमाले)ले दोलखाको तामाकोसी गाउँपालिका प्रमुखको रूपमा एकजना बौद्धिक , सृजनशिल, आदर्शवान आर्किटेक्ट इन्जिनियर अभिषेक सुवेदीलाई अघि सारेको छ । जुन आफैँमा शुभसंकेत हो ।
को हुन त अभिषेक सुवेदी ?
अभिषेक सुवेदी ३२ वर्षीय युवा (जो नेपालकै सबैभन्दा कान्छो गाउँपालिका प्रमुखको उमेद्वार) हुन् , उनी एक इन्टेलेक्चुअल एण्ट क्रियटिभ आर्किटेक्ट इन्जिनियर समेत हुन् । नेकपा (एमाले )को विद्यार्थी संगठन मार्फत राजनीति सुरु गरेका सुवेदी एस एल सी परीक्षामा विद्यालयको पहिलो डिक्स्टिङ्सन पोजिसन प्राप्त गर्ने टपर समेत हुन् । तामाकोसीका नागरिकहरुले घोषणापत्र मात्र होइन, आफ्नो एक्सन प्लान भएका शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारजस्ता हरेक क्षेत्रमा अब्बल योजना बनाउनसक्ने विलक्षण क्षमता भएका सुवेदीलाई उमेद्वारको रूपमा पाउनु आफैंमा मुलुकको भविष्य उज्ज्वल बनाउन चालिएको सुखद संकेत हो ।
स्थानीय सरकारसँग केकस्ता स्रोतसाधन छन्, पहिचान गर्दै, जनताका आवश्यकताको प्राथमिकता निर्धारण गर्दै आन्तरिक र बाह्य स्रोत संकलन कसरी गर्ने रणनीति भएका सुवेदी स्रोतको परिचालन र बाँडफाँडमा समन्यायिक सिद्धान्तको प्रयोग गर्ने बताउँछन् ।
२०७२ सालमा अखिलको २२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य, पोखरा विश्वविद्यालय इन्चार्ज र अनेरास्ववियु दोलखाको इन्चार्ज भएका उनी २०७८ सालमा अनेरास्ववियुको केन्द्रीय स्थायी समिति सदस्य र बागमती प्रदेश सहइन्चार्ज भए ।