उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी कोइरी महत्तोलाई पक्राउ गर्न निर्देशन दिएकोबताएका छन्।  भरतपुरको विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै रवि लामिछानेले पक्राउ गरी छानबिन गर्न निर्देशन दिएको बताएकाहुन्।  

गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जबमैले थाहा पाएँ।  तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देशन दिएको छु।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतदिन गृहमन्त्री सँगै कोइरी संसदमा थिए।  अपराध ढाकछोप गर्न खोज्ने जोकोहीलाई निर्मम कारबाही गर्ने जिकिर गरे।  सोही अनुसारसुरक्षा निकायलाई निर्देशन दिएको बताए।  

विधिका शासन चुस्त दुरूस्त बनाउने विषयमा हामी कटिबद्ध छौँ।  नेपाल प्रहरीलाई विधिको शासनलाई चुस्त बनाउन काम भइरहेको,’ उनले भनेराजनैतिक पाटीको प्रभावमा नरहन सिडियोहरुलाई पनि निर्देशन दिएको छु।  अपराधसँगको छानबिनका विषयमा कसैलेप्रभाव पार्न खोज्नेलाई निर्मम कारबाही हुन्छ।गृहमन्त्रीलाई देखाएर कसैले नराम्रो काम गर्न खोज्छ भने त्यसलाई नछाड्न प्रहरीप्रशासनलाई अनुरोध गरे।  उनले नागरिकको भावना विपरीत काम नगर्ने जिकिर समेत गरे।  ‘राम्रो कति गर्न सक्छु।  तर, नराम्रो गर्दिन,’ उनले भनेबरु सफा हात लिएर निस्कन्छु।उनले जनतासँगै घुलमिल भएरै काम गर्ने बताए।  

उनले भिभिआइपी सेवा सुविधा आफ्नो लागि नचाहिने बताए।  ‘संस्थाको प्रोटोकललाई चुनौती दिन चाहन्न, तर मेरै लागि कुनै विशेषकाम गर्नुपर्दैन’, उनले भने, ‘गृहमन्त्रीको सुरक्षाको काम गर्न खोज्दा मैले नकार्न मिल्दैन, तर खुल्ला रुपमा हिँड्न चाहन्छु।उनलेभ्रष्ट्राचारका फाइलहरू बारे अध्ययन, अनुसन्धान गर्ने बाचा नभुलेको बताए।  ‘सरकारलाई विश्वासको मत दिनु प्रतिपक्षमा बस्नु भन्नेकुराले भ्रष्टाचार कसैले रोक्न सक्दैन।  संसदमा समर्थन हुनु नहुनुमा फरक पार्दैन,’उनले भनेराजनीति कुरा आफ्ना ठाउँमा छन्। राजनीति अपराधलाई एकै ठाउँमा ल्याएर जोड्दैनौँ।उनले अहिलेको संसद विघटन नहुने जिकिर गरे।  

गृहमन्त्री लामिछानेले उपप्रधानमन्त्री पद हटाउँदा पनि फरक नपर्ने बताएका छन्।  उपप्रधानमन्त्री थप गर्ने विषयमा सञ्चारकर्मीले सोधेकोप्रश्नमा लामिछानेले भने, ‘उपप्रधानमन्त्री थप गर्दा राज्यलाई भार पर्दैन।  सम्मानजनक विषय बाहेक केही होइन।  मेरो नामको अगाडिरहेको उपप्रधानमन्त्री निकाल्दा आपत्ति छैन।  तर, कयौँ उपप्रधानमन्त्री भइसक्नु भएको छ।  कहिले काहीँ कसैका लागि सानो सम्मानलेअर्थ लाग्छ होला।  मेरा लागि अप्ठ्यारो पर्दैन।गृहमन्त्री भएपछि पहिलो पटक चितवन आएका लामिछानेले आफुले चितवनमा गरेकाकामहरु पनि सार्वजनिक गरेका थिए।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय