बारा । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी पत्नी हुन् चम्पादेवी यादव । कलैया उपमहानगर–५, बयलबजारको गौचरनछेउमा उनको सानो कच्ची घर छ । सोही घरमा चम्पादेवी एक्लै बस्दै आएकी छन् । दुई छोरा र एक छोरी अध्ययनको शिलशिलामाकाठमाडौं बस्छन् भने पति रामसहाय यादव पनि प्रायः घरबाहिर नै हुन्छन् । चम्पादेवीलाई बिहान ३ बजे उठेदेखि घरधन्दा, खेतीपाती रबस्तुभाउको कामले एकछिन फुर्सद मिल्दैन ।
१८ वर्ष स्थानीय पन्नालाल कन्यादेवी विद्यालयमा विज्ञान विषयमा अध्यापन गराएका यादव २०६२/०६३ को आन्दोलनदेखि सक्रियराजनीतिमा लागे । यादव राजनीतिमा सक्रिय भएपछि घरव्यवहार, बस्तुभाउ, खेतीपाती सबै चम्पादेवीले एक्लै धान्दै आएकी छन् ।
स्कुलमा पढाउँदा पढाउँदै उहाँ राजनीतिमा लाग्नुभयो, छोराछोरी हुर्काउनेदेखि लिएर उनीहरुको पढाइलेखाइ, घर व्यवहार, खेतीपाती सबैमैले हेर्दै आएको धेरै वर्ष भइसक्यो,’ चम्पादेवीले भनिन्, ‘राजनीति गरेर धेरैले पैसा कमाए, उहाँले नाम कमाउनु भयो । म त्यसैमा धेरैखुशी छु ।’

उपराष्ट्रपति रामसहाय प्रसाद यादवकी पत्नी हुन् चम्पादेवी यादव
राजनीतिमा रामसहायलाई निरन्तर सक्रिय रहनका लागि आफूले छोराछोरीको हेरचाह र घरव्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हालेकोउनको भनाइ छ । ‘आफूहरुले जस्तोसुकै दुःखकष्ट भोगे पनि उहाँ (रामसहाय)ले आफ्नो मेहनतको फल पाउनु भएको छ । हामी त्यसैमाखुसी छौं,’ उनले भनिन् ।
पति उपराष्ट्रपतिमा निर्वाचित भए पनि ५ वर्षपछि गाउँ नै फर्केर आउनुपर्ने भन्दै उनले आफ्नो थलो छोड्न नहुने बताइन् । ‘नेताजी रछोराछोरीले काठमाडौं जान भन्नुभयो तर मैले घर छोड्दा यहाँ सबै व्यवहार बिग्रिन्छ, बस्तुभाउ भोकै हुन्छ, खेतीपाती बिग्रिन्छ,’ उनलेभनिन्, ‘५ वर्षपछि फेरि गाउँ नै आउनु पर्छ, त्यसैले सबै व्यवहार भताभुङ्ग पारेर काठमाडौं जानुभन्दा मलाई गाउँमै बस्नु ठिक लाग्यो ।’
यसअघि रामसहाय यादव वन मन्त्री हुँदा चम्पादेवी मन्त्रालय र मन्त्री निवाससमेत कहिल्यै प्रवेश गरिनन् । एक लाख रुपयाँमा किनेकोदुहुनो भैंसी मंसिर ४ मा सम्पन्न निर्वाचनमा ६० हजारमै बेच्नुपर्दा चम्पादेवीलाई पीडा भएको छ । ‘यसपटक चुनावले एक लाखको भैंसी६० हजारमा बेच्नुप¥यो, गाई पनि मर्ने चिन्ताले त्यतिकै पाल्न दिनुप¥यो,’ उनले भनिन् ।
रामसहाय यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिन्छन् । उनी पार्टीको पूर्वमहासचिव, केन्द्रीय सदस्य, कार्यकारिणी सदस्य, बारा निर्वाचन क्षेत्र नं २ का संघीय सांसद, पार्टीको संसदीय दलको नेतासमेत रहे ।उनको यी सबै सफलताको पछाडिकी मुख्य पात्र चम्पादेवी नै हुन्, जसले घर व्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हालेर उनलाई राजनीतिमापूर्ण रुपमा समर्पित हुने अवसर सिर्जना गरिदिइन् ।
