मनीष डाँगीको निर्णायक गोलमा नेपालले लाओसमाथि पुनरागमन जितसहित प्रधामन्त्री त्रिदेशीय कप फुटबलको उपाधि उचालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न फाइनलमा नेपालले लाओसमाथि को जित निकालेको हो। मुख्य प्रशिक्षकभिसेन्जे अल्बेर्टो एनिसको प्रशिक्षणमा नेपालले जितेको यो पहिलो उपाधि हो। १७औं मिनेटमा बोपाचान बुकोङको पासमा पौटाभोङसाङभिलेले गरेको गोलबाट लाओसले अग्रता लिएको थियो। तर, २४औं मिनेटमा आयुष घलानले गोल गरेपछि नेपाल खेलमा फर्कियो।

आयुषले एरिक विष्टको पासलाई गोलमा परिणत गरेका हुन्।

निर्धारित समयको खेल सकिन दुई मिनेट मात्र बाँकी रहँदा मनीषले अञ्जन विष्टको पासमा गोल गर्दै नेपालको जित पक्का गराए।नेपालका प्रशिक्षक एनिसले छोटो समयको तयारीका बावजुद पनि घरेलु मैदानमा उपाधि राख्न पाएको त्यसले टोलीको मनोबलसमेतबढाउने बताए।आज हामीले सुधारिएको प्रदर्शन गर्‍यौं,’एनिसले भने, ‘पहिलो दोस्रो खेलमा हामीले गरेका केही गल्तीमा सुधार गर्‍यौं।पहिलो रोजाइमा अवसर पाएका दीपकराज सिंह ठकुरी, मनीष मणिकुमार लामाले आफूलाई दिएको जिम्मेवारी पूरा गरेको प्रशिक्षकएनिसको भनाइ थियो।

छोटो समयको तयारीका बावजुद हामीले पाएको यो ठूलो सफलता हो। आज हामीले पहिलो हाफमा सम्हालिएको प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा भने उनीहरूलाई पूर्ण रूपमा दबाबमा राख्यौं,’उनले भने, ‘युवा टोलीले आफूलाई प्रमाणित गरे।

यसअघि खेलको चौथो मिनेटमै लाओसका बुकोङको प्रहार पोस्टमाथिबाट बाहिरिँदा नेपालको संकट टरेको थियो। २२औं मिनेटमानेपालले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। नेपालका नवीन लामाको फ्रिकिकमा सनिष श्रेष्ठले गरेको हेडलाओसका गोलकिपर सेसाभाटले बचाएका थिए।

२६औं मिनेटमा नेपालले अग्रता लिने अवसर पाएको थियो। तर, मनीषको क्रसमा नवीनले मिलाइदिएको बललाई आयुषले गरेकोप्रहारमा पुनः लाओसका गोलकिपर सेसाभाट बाधक बने। ५६औं मिनेटमा आयुषको पासमा दीपकले गरेको प्रहार सेसाभाटले रोकेकाथिए। त्यसको ११ मिनेटपछि निशान खड्काको फ्रिकिकमा पनि सेसाभाटनै बाधक बने। ७४औं मिनेटमा मनीषको गोलबाट नेपाललेअग्रता लिएको थियो।

प्रधानमन्त्री त्रिदेशीय कप

तर, खेलको रेफ्री मोहम्मद जाभेजले अफसाइड निर्णय दिएपछि सो गोलले मान्यता पाएन। नेपालले समूह चरणको पहिलो खेलमा पनिलाओसलाई ले हराएको थियो।

दोस्रो खेलमा भने नेपाल भुटानसँग को बराबीमा रोकिन पुग्यो। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको थियो भने लाओसलेउपविजेताको रूपमा घरेलु टोलीसँग उपाधि भिडन्त पक्का गरेको हो। लाओसले फाइनल प्रवेश गर्ने क्रममा भुटानमाथि को जितनिकालेको थियो। लाओसका प्रशिक्षक माइकल वेसले अग्रता लिएर पनि जोगाउन नसक्दा घरेलु टोलीलाई उपाधि सुम्पिनु पर्दा निरासभए पनि युवा टोलीले गरेको प्रदर्शनबाट भने सन्तुष्ट रहेको बताए।

यो प्रतियोगिता आयोजना गरेको हामीलाई आमन्त्रण गरेकोमा एन्फालाई धन्यवाद दिन चाहन्छु,’वेसले भने, ‘हामीले खेलमा दुई गम्भीरगल्ती गर्‍यौं सोही गल्तीमा नेपालले दुई गोल गर्‍यो। हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता छ।

नेपाल हाम्रो तुलनामा धेरै अनुभवी टोली हो उनीहरूले यसको फाइदा उठाए।यो प्रतियोगिताबाट धेरै अनुभव लिएको उनको भनाइ छ।प्रतियोगिताबाट धेरै अनुभव लिएका छौं। युवा खेलाडीको मनोबल उच्च भएको ,’वेसले भने, ‘हामी कम्बोडियामा यु२२ साउद इस्टएसियन गेम्स (एसइए) खेल्दै छाैं। सो टोलीमा रहेका /१० जना खेलाडीले नेपालमा खेले। उनीहरूले सिनियर टोलीबाट बटुलेकोअनुभव हाम्रा लागि फाइदाजनक हुनेछ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय