बूढानीलकण्ठ नगरपालिका – ६, को आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सुशासन, पारदर्शिता रजवाफदेहिता , बूढानीलकण्ठ नगरपालिका वडा नं ६ को प्रतिबद्धता भन्ने ध्येयलाई अंगिकार गर्दै जेष्ठ ५ गते बूढानीलकण्ठनगरपालिका वडा नं ६ द्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
बूढानीलकण्ठ नगरपालिका –६ का वडा अध्यक्ष रवि खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यतानगरप्रमुख मिठाराम अधिकारीद्वारा भएको थियो , साथै विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख अनिता लामा तथा वडा अध्यक्षहरु ; राजेन्द्र श्रेष्ठ, सुमित्रा पाण्डे, बसनारायण महर्जन, सुमन तामाङ लगायतका व्यक्तिहरु अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वडा सचीव, वडा सदस्य र बूढानीलकण्ठ नगरपालिका –६ का करिब २०० नागरिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममानागरिकहरुद्वारा वडा र नगरसँग सम्बन्धित विविध प्रश्नहरूको उठान भएको थियो ।
वडाको प्रमुख समस्याको रूपमा रहेको खानेपानी , प्रगति सामुदायिक वनको समस्या, सार्वजनिक जग्गा संरक्षणमा प्रगति र चुनौति, धरमपुर मुनि सडक खराब भएको स्थिति, पर्याप्त हुन नसकेको सडक बत्ति तथा सिसि क्यामेरा जडानको अवस्था , चिनारी पार्क, । बाढी नियन्त्रण र वडा भवन निर्माण लगायतका विषयहरुको उठान उपस्थित नागरिकहरुद्वारा भएको थियो भने तत् प्रश्नहरुको जवाफवडा अध्यक्ष रवि खड्का तथा नगर प्रमुख मिठाराम अधिकारीले दिनुभएको थियो ।
साथै उहाँहरुले विविध प्रतिवद्धताहरु समेत व्यक्त गर्नुभयो । जसमा टाेखा पुल हुदै चिसापानी धरमपुर नयाँ ट्याक खाेल्न ५कराेड पहल गरिरहेकाे छ । अाेखलगाउँ फलफुलपार्क देखि विष्णुमति जाने बाटाेकाेे लागि ८० लाख प्रदेशअर्थमन्त्रालयलाई मागेको छु । युराे स्कुल देखि लुडिखाेला सुलसम्म जाने बाटाेकाे लागि ७०लाख मागेको छु । लुडिखाेलावालकाे लागि ४/५ कराेड पार्न लागिरहेको छु । बुढानिलकण्ठ ६ मा स्वास्थय day care home जसरी पनि स्थापना गर्छु रस्वास्थ्य उपचार सम्पुर्ण हाम्राे वडाबाट दिलाउन ३ कराेड माग गरेर अाएकाे छु ।
भद्रकालि अाधारभुत विद्यालयलाई अत्याधुनिक रूपमा सञ्चालन गरिरहेका छाैँ । प्रत्येक समस्या समाधानकाे लागि हरदमतयार छु ।इटालिटार नयाँपत्रिमा टाेखा नगरपालिका जाेड्ने बाटाे जसरी पनि गर्नेछु । चिनारी पार्ककाे काम यसपालि सुरू गर्नेछु। अटिजम अस्पताल शिलान्यास गराउने छु ।समृद्ध बुढानिलकण्ठ ६ सुखि बुढानिलकण्ठ ६ बासि बनाउन सधैं तयार छु ।
वडा कार्यालय नजिकै रहेको स्वास्थ्य केन्द्रमा केन्द्र कार्यक्रम सम्पन्न भएको थियो , उक्त कार्यक्रमको सन्चालन रविन्द्र ढुंगेलद्वारा भएकोथियो । बूढानीलकण्ठ नगरपालिका –६ को सार्वजनिक सुनुवाई कार्यक्रम विचार विन्यास नेटर्वकबाट जेष्ठ ५ गते प्रसारण भएकोथियो ।

