पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन्। 

रिजवान लामिछानेलाई भेट्न आइतबार नेपाल आएका थिए। उनले सोमबार राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका क्रिकेटरलामिछानेलाई भेटेका हुन्। रिजवान सोमबारनै स्वदेश फर्कने बताइएको छ। 

आफूमाथि बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्। बलात्कार आरोप लागेपछि नेपालक्रिकेट संघ (क्यान)ले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

 

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो। तर, सन्दीप जिल्ला अदालतको आदेशविरुद्ध उच्चअदालत पाटन पुगेका थिए। उच्च अदालतले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो। क्यानले उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेशगरेपछि अहिले उनी बन्द प्रशिक्षणमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय