ओपनर आसिफ सेख र तल्लो क्रमका सन्दीप लामिछानेको अनुशासित ब्याटिङ प्रेरणामा नेपालले विश्वकप लिग–२ मा शुक्रबार पपुवान्युगिनी (पिएनजी) माथि तीन विकेटको जित निकालेको छ।
दुबई क्रिकेट मैदानमा १ सय ८० रनको मध्यम लक्ष्य नेपालले सात विकेटको क्षतिमा १२ बल बाँकी छँदा पूरा गर्दै लिग–२ को ३१औंखेलमा १४औं सफलता प्राप्त गर् यो। लगातार दोस्रो दिन धराशयी बनेको नेपालको ब्याटिङमा आसिफ र सन्दीपको इनिङ अनुशासितरह्यो। ३१.६ ओभरमा नेपाल १०७÷७ को कठिन अवस्थामा थियो। तर, सन्दीप र आसिफले आठौं विकेटका लागि ७७ रनको अविजितसाझेदारी गर्दै जित दिलाए। आसिफ ८६ रन र सन्दीप ३५ रनमा नटआउट रहे। यो जितसँगै सीधै विश्वकप छनोटमा स्थान बनाउने रएकदिवसीय मान्यता जोगाउने नेपालको सम्भावना कायमै छ।
नेपालले छनोट यात्रा तय गर्न बाँकी पाँच खेल र एकदिवसीय मान्यता जोगाउन तीन खेल जित्नुपर्नेछ। अघिल्लो दिन २ सय ८ रनकोमध्यम लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ३९ रनमै समेटिएको थियो। शुक्रबार नेपालले एक परिवर्तन गर्दा गुल्सन झाको स्थानमाभीम सार्कीलाई अवसर दियो।
पिएनजीसँग पनि नेपालको खराब ब्याटिङमा भने परिवर्तन हुन सकेन। आसिफबाहेक नेपालका शीर्ष सात ब्याटरले दोहोरो अंकमा रनबटुल्नै सकेनन्। निकै खराब सुरुआत गरेको नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई गुमाउन पुग्यो। एक छेउबाट आसिफलेइनिङ समाले।
तर, अर्को छेउबाट लगातार विकेट गुमिरहेको अवस्थामा संघर्षले सय रनको आँकडा पार गर्दा नेपालका सात ब्याटर पवेलियन फर्किए।अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल ८ रन, भीम ६ रन, कप्तान रोहित पौडेल र आरिफ सेख १/१ र दीपेन्द्रसिंह ऐरी ८ रनमै आउट भए। त्यससँगै२२.६ ओभरमा नेपाल ७४÷६ को नाजुक अवस्था पुग्यो। तर, आसिफले सातौं विकेटका लागि कुशल मल्लसँग ३१ रनको साझेदारी गरे।तर, अघिल्लो दिन अर्धशतक बनाएका कुशल सेसे बाउद्वारा कट एन्ड बोल्ड भए र नेपाल पुनः संकट पर् यो।
त्यसपछि क्रिजमा आएका सन्दीपले लगातार दोस्रो दिन ब्याटिङमा परिपक्वता देखाए। संयुक्त अरब इमिरेट्स (युएई) सँग सन्दीप २६रनमा नटआउट थिए। शुक्रबार पनि टोली संकटमा पर्दा सन्दीपले धैर्यपूर्वक ब्याटिङ गर्दै आसिफलाई साथ दिए। सन्दीपले सेसेकोबलमा चौका प्रहार गर्दै नेपाललाई महŒवपूर्ण जित दिलाए। यस क्रममा सन्दीपले ५० बलमा तीन चौका हिर्काए। यता, आसिफले १सय ३० बलमा दुई चौका र एक छक्का प्रहार गरे। पिएनजीका बलरले नेपालको शीर्ष क्रमलाई सस्तैमा आउट गर्दै खेलमा दबाब बनाए।

तर, आसिफ र सन्दीपविरुद्ध असफल रहँदा पिएनजीले ३१औं खेलमा २७ हार बेहोर् यो। पिएनजीको बलिङमा कप्तान असाद भालालेतीन तथा सेमो कमिया र बाउले २/२ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको पिएनजीले राम्रो सुरुआत गर् यो। तर, नेपालकाबलरले लयमा फर्किंदै राम्रो बलिङ गरेपछि पिएनजी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो। पिएनजीले पहिलो विकेटकालागि ४२ रनको साझेदारी गरेको थियो। तर, सन्दीपले १०.३ ओभरमा पिएनजीका ओपनर किपलिन डोरिगालाई २६ रनमा एलबिडब्लुआउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए।
त्यसबपछि नेपालका बलरले किफायती बलिङ गर्दै पिएनजीमाथि दबाब बनाए। ओपनर टोनी उराले ३९ रन जोडे। पिएनजीका शीर्षक्रमका बाउ र कप्तान असाद समान ११ रनमा आउट भए। तर, पाँचौं नम्बरमा ब्याटिङ गरेका हिरी हिरीले ३१ रन जोड्दै इनिङ उकास्नेप्रयास गरे। पिएनजीले समालिएर खेल्दा रन गति भने सुस्त रह्यो। नेपालका बलरले त्यसको फाइदा लिए र अन्तिम १० ओभरमा पाँचविकेट निकाल्दै पिएनजीलाई सस्तैमा रोके।
नेपालको बलिङमा सोमपाल कामी र दीपेन्द्रसिंहले २/२ विकेट लिए। करण केसी, सन्दीप र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।पिएनजीले तीन विकेट भने रनआउटको रूपमा गुमायो। नेपालले दुबई भ्रमणको अन्तिम खेल सोमबार युएईसँग खेल्नेछ।
