काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँपुरस्कार दिने घोषणा गरेका छन्

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्डबनाउनुभएको , इतिहास रच्नुभएको   चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको   यो देशकै गौरव हो 

खेलाडीहरूकै कारण देशकै गौरव प्रतिष्ठा बढेको प्रधानमन्त्रीले बता‍ए  सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाईज्ञापन गर्दछु  तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्  आउने प्रतिस्पर्धाका लागि शुभकामना   तपाईंहरूलाई प्रेरणा मिलोस् भनेरमैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी लाख पुरस्कार दिने घोषणा गर्दछु 

पहिले पहिले खेल जीवनका लागि, अनुशासनका लागि भनिने गरेकोमा अब खेल देशका लागि भएको प्रधानमन्त्रीले बताए  अर्थतन्त्रकोउत्थानका लागि, राष्ट्रिय प्रतिष्ठाका लागि कूटनीतिक उचाइका लागि खेल आवश्यक रहेको दाहालले बताए  खेल क्षेत्रलाई सामान्यआँखाले हेर्नु देशकै लागि गल्ती हुने उनको भनाइ थियो 

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूलेवास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय