नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबियापराजित भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलमा नामिबिया स्कटल्याण्डसँग ४३ रनले पराजित भएसँगै जारीत्रिकोणात्मक श्रृंखलामा लतागार चौथो हार भोगेको हो। यस हारसँगै श्रृंखलामा जितबिहीन बन्दा नामिबिया ३४ खेलमा ३७ अंकमासिमित बन्यो।

यसका बाबजुत पनि नामिबिया तालिकाको तेस्रो स्थानमा यथावत छ। लिग को च्याम्पियन बनिसकेको स्कटल्याण्ड जितका साथ३५ खेलबाट ५० अंकका सथ शीर्ष स्थानमा यथावत छ। 

नेपाल भ्रमणमा रहेको नामिबियाले स्कटल्याण्डबाट प्राप्त सय २२ रनको लक्ष्य पछ्याउने क्रममा ३८. ओभरमा एक सय ७८ रनमैसमेटियो। नामिबियाका  लागि लो ह्याण्डर लरेन्सले ६७ बलमा चौकाको मद्दतमा सर्वाधिक ५२ रन बनाए पनि टोलीलाई जित दिलाउनभने सकेनन्। यसैगरी कप्तान जेरार्ड इरस्मसले ४३, जेन ग्रिनले २५ तथा शउन फोउच रुबेन ट्रम्पलम्यानले समान १० रन जोडेपनि अन्यखेलाडीले राम्रो स्कोर छुन सकेनन्।

नामिबियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका मार्क वाटले सर्वाधिका विकेट निकाल्दा, माइकल लिस्कले , ब्रेण्डनम्याकमुलनले तथा क्रिस ग्रेभेसले विकेट आफ्नो नाममा लेखाए। त्रिवि मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएकोस्कटल्याण्डले ४८. ओभरमा सबै विकेट गुमाएर सय २१ रन बनाउन सफल भएको थियो। 

स्कटल्याण्डका लागि किस्टोफ म्याकब्रिडले ७५ बलमा सात चौकाको मद्दतमा सर्वाधिक ४७ रनको पारी खेले। यसैगरी टोमसम्याकिनटोसले ३४, कप्तान रिची बेरिङटनले ३२, माइकल लिस्कले २९, लियम नेलोरले २०, म्याथ्यु क्रसले १६ क्रिस ग्रेभेसले १४ रन जोडे। नामिबियाका लागि रुबेन ट्रम्पलम्यान एक्लैले विकेट हात पार्दा टान्गिनी लुंगामिनीले तथा बेर्नार्ड स्कोल्ट्ज, बेन सिकोन्गो पिक्की या फ्रान्सले समान / विकेट हात पारे।

यससँगै नामिबियाले श्रृंखलाका चारै खेलमा पराजय व्यहोरेको हो। यसअघि नामिबिया नेपालसँग पहिलो खेलमा दुई विकेट, दोस्रो खेलस्कटल्याण्डसँग १० विकेट नेपालसँगको दोस्रो खेलमा विकेटले पराजित भएको थियो। श्रृंखलामा मंगलबार अन्तिम खेल नेपाल स्कटल्याण्डबीच प्रतिष्पर्धा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय