
टोकियो/जापान। जापानमा फेरि अर्को एक नेपाली युवा सम्पर्क बिहिन भएको दुखद जानकारी प्राप्त भएको छ।
जापानको फुकुओकास्थित,GAG निहोङगो गाकुईन् मा अध्ययनरत नेपाल दोलाखाका २३ वर्षिया अनुप खड्का सोमबार बिहानदेखिसाथी भाई तथा परिवारसंग सम्पर्क बिहिन भएको भन्दै,खोजीका लागि अनुरोध गरिएको छ।
जापानको फुकुओकामा नै रहेका उनका दाई(ठूलो बुबाको छोरा)रवन खड्काका अनुसार,अनुप सोमबारबाट सम्पर्क बिहिन भएता पनित्यस अघिदेखिनै आर्थिकरुपमा समस्या परेको भन्दै बिरक्तिएर म्यासेज गर्ने गर्दथे। गत आईतबार दिउँसो पनि कुरा भएको र कुराकानीमाआफुलाई यतिखेर समस्या परेको तर अरु कसैले कुरा बुझदिँदैनन् भन्ने खालको सम्बाद भएको थियो।
दाई(रवन खड्का) का अनुसार ,त्यसका साथै,उनि अध्ययनरत भाषा स्कुलमा कार्यरत नेपाली शिक्षकसंग पनि आफु एउटा एप्सकाकारण ठगिमा परि,भएको सबै पैसा गुमाएको र त्यसैले गर्दा स्कुलको शुल्क समेत तिर्न नसकेको लगायतका म्यासेज गर्ने गरेकोजानकारी प्राप्त भएको थियो।
अन्य २ जना साथीसंगै बस्ने गरेका अनुप अन्तरमुखी स्वभावको भएको र अरुसंग खासै कुराकानी नगर्ने तर नेपालमा रहेकी प्रेमिकासंगभने फोनमा दिनहुँ लामो कुराकानी गर्ने गरेको तर,सोमबार बिहानदेखि भने,उनिसंग पनि सम्पर्क बिहिन भएको भन्दै नेपालमा रहेकापरिवारले उनको खोजी गरिरहेका छन् ।
यदि,अनुप खड्कालाई कहीँ कतै कसैले देखेमा या उनको बारेमा केहि थाह भएमा जापानको फुकुओका नै बस्ने उनका दाई(ठूलो बुवाकोछोरा) रवन खड्कालाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
मोबाईल नम्बरः 070 7657 4194(रवन खड्का)