आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको तेस्रो खेलमा आसिफ सेख, ज्ञानेन्द्रमल्ल र कुशल मल्लको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई पराजित गरेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले नेपाललाई जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको थियो। उक्त रनकोलक्षय पार गर्दै नामिबियालाई ३ विकेटले पराजित गरेको हो।
उक्त खेलमा नेपालका लागि कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको तेस्रोएकदिवसीय अर्धशतक हो।
सन्दिप जोरा ७ बलमा ३ रन बनाएर आउट भएका छन्। यस्तै दीपेन्द्र सिंह ऐरी ६ बलमा १ रन बनाएर आउट भएका छन्। कप्तान रोहितपौडेलले ४३ बलमा ३९ रन बनाए। उनले ५ चौका गरेर आउट हुन पुगे।
यस्तै उक्त खेलमा शेखले ६२ बलमा ६ चौका र एक छक्काको मद्दतमा ५३ रन बनाएका थिए भने मल्लले ६४ बलमा तीन छक्का र चारचौकाको मद्दतमा ५२ रन बनाएर अर्धशतक पुरा गरेका थिए।
नेपालले ९ रनमै पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएपछि आसिफ र ज्ञानेन्द्रले नेपालको इनिङ सम्हाले। उनीहरुबीच १३९रनको साझेदारी भएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो।
लिग टु अन्तरगत भएको पहिलो म्याचमा नेपालका कुशल भुर्तेल र रोहित पौडेलबीच तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएकोथियो। उक्त रनलाई आसिफ र ज्ञानेन्द्रले आज तोडेका हुन्।
ज्ञानेन्द्र ७४ बलमा ६५ रन बनाएर आउट भएका थिए। ३ छक्का र पाँच चौका प्रहार गरेका उनी अर्को छक्का थप्ने धुनमा क्याचआउटभएका थिए।

आसिफ ९८ बलमा ८१ रन बनाएर आउट भएका थिए। २ छक्का र आठ चौका प्रहार गरेर क्याचआउट भएका थिए। कुशल मल्लले ४९बलमा ६२ रन बनाए। उनले ४ छक्का र ६ चौका प्रहार गरेर क्याचआउट भएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ६ विकेट गुमाएर दुई सय ७४ रन बनाएको थियो।
नामिबियाका लागि ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेलेका थिए। उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनकोसाझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए।
फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भएका थिए। सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्सअर्धशतक बनाउन चुकेका थिए।
ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए।कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे।
नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिएका थिए। नामिबियासँग तीन विकेटलिएसँगै सन्दीप लिग २ मा ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन्। उनले २३ खेलबाट ५१ विकेटलिएका छन्। त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए।
पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो।
