काठमाडौँगत महिना कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनल जितेपछि अर्जेन्टिनी टोलीले आपत्तिजनक व्यवहार गरेको भन्दैअन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अर्जेन्टिनी टोलीलाई अनुसासनको कारबाही सुरु गरेको जनाएको

२०१८ को विश्वकप विजेता फ्रान्सलाई फेनाल्टीमा हराउँदै अर्जेन्टिना २०२२ को विश्वकप विजेता बनेको थियो  यस क्रममा अर्जेन्टिनीगोलकिपर एमिलियानो मार्टिनेज खेल सकिएपछि आफूले पाएको उत्कृष्ट गोलकिपरको ट्रफीसँगै ड्रेसिङ रुममा फ्रेन्च स्टार खेलाडीकेलियन एम्बाप्पेको खिल्ली उडाउँदै गरेको अवस्थामा देखिएका थिए 

एम्बाप्पे भने यसपटक विश्वकपमा आफ्नो टोलीलाई उपविजेता बनाउँदै सर्वाधिक गोल गरेर गोल्डेन बुट विजेता बने  यस क्रममाफिफाले अर्जेन्टिनाले आपत्तिजनक व्यवहार देखाउँदै निष्पक्ष खेलका सिद्धान्त उल्लघन गरेको तथा खेलाडी अधिकारीहरूको दुर्व्यवहारगरेको भन्दै अनुसासनको कारबाही गरेको जनाएको  

यससँगै अर्जेन्टिनी गोलकिपर मार्टिनेज पनि त्यस्तो गतिविधिका कारण विवादित बनेका थिए  यसवाहेक क्रोएसियाली टोलीमाथि पनिभेदभावको आरोपमा अनुसन्धान भइरहेको बताइएको छ। क्रोएसियाली खेलाडीहरूले तेस्रो स्थानका लागि मोरक्कोविरुद्ध भएको खेलजितेपछि फासिवादी अर्थ दिने गरी गीत गाएका थिए  यसबीचमा फिफाले मेक्सिकोलाई पनि कारबाही गरेको जनाएको  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय