दोलखाको सुन्दर पर्यटकीय नगरी जिरी नगरपालिका द्वारा आयोजना गरिएको चौँथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता २०७९ साल असार ३ गते सुरु भएर ४ गतेसम्म सञ्चालन भएको थियो । शनिबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति अध्यक्ष रामहरि शिवाकोटीको प्रमुख आतिथ्यमा उक्त सफलतापूर्वक सम्पन्न गरिएको हो ।

कार्यक्रम जिरी नगरपालिका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा सञ्चालन भएको हो । खेलकुद मार्फत नगरपालिकालाई चिनाउन पनि आवश्यक रहेको र दोलखाका सबै स्थानीय तहले राष्ट्रपति खेलकुद प्रतियोगिता आयोजनाको निमित्त आग्रह गर्दै प्रमुख अतिथि शिवाकोटीले मन्तव्यको क्रममा आफ्नो कुरा व्यक्त गरे साथै मेयर जिरेलले खेलकुदको विकासको लागि नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराए । कार्यक्रममा विशेष अतिथि जिरी नगरपालिका उप मेयर कृष्णमाया बुढाथोकि,अतिथिहरुमा क्रमशः जिरी नगरपालिका कार्यालय प्रमुख राम प्रसाद अाचार्य, ईलाका प्रहरी कार्यालय जिरीका प्रमुख सितेरियो कराते संघ दोलखाको सचिब कुमार श्रेष्ठ, चौथो राष्टपति रनिङ् सिल्ड सहिद स्मृति अावासिय स्कुल जिरीका प्र.अ, कार्यक्रमका सदस्य सचिब केन्द्रज्योति खड्का, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको समेत सकृय सहभागिता रहेको थियो ।

उक्त खेलमा ९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको थियोे । उक्त प्रतियोगितामा ११ स्वर्ण,३/३ कास्य र रजत सहित सहिद स्मृति अाबासिय मा.वि जिरी प्रथम ,३ स्वर्ण ९ रजत र ५ कास्य सहित बौद्ध भुबनेश्वरि मा.बि एलुङ्ग दोस्रो , ३ स्वर्ण ५ कास्य ७ रजत सहित जिरी मा.बि जिरीले तेस्रो स्थान हासिल गरे । प्रथमलाई नगद ३०,००० दोस्रोलाई २०,००० तेस्रोलाई १०,००० सहित सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय