नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) बूढानीलकण्ठ नगरपालिका वडा नं, ४ मा भव्य रूपमा पार्टी कार्यालय उद्घाटन भएको छ । बूढानीलकण्ठ नगरपालिका भरी चर्चा कमाएका युवा नेता जगत कार्कीको उम्मेद्वारी घोषणा भएदेखि नै चर्चा कमाएको बूढानीलकण्ठ – ४ ले बाजागाजा सहित भव्य रूपमा पार्टी कार्यालय उद्घाटन गरेको हो । बूढानीलकण्ठ नगरपालिका प्रमुखका उम्मेद्वार बालकृष्ण श्रेष्ठ तथा उपप्रमुख पदकी उम्मेद्वार प्रमिला सापकोटाको समेत उपस्थिति तथा क्षेत्रीय अध्यक्ष आरके सेढाई र वडा अध्यक्षका उम्मेद्वार जगत कार्कीको विशेष उपस्थितिमा सप्पन्न उक्त कार्यक्रमले बूढानीलकण्ठ – ४, मा नेकपा ( एकीकृत समाजवादी ) ले बोल्ड रूपमा किल्ला गाडेको महसुस गराएको स्थानीयहरु बताउँछन् ।

युवा जुर्मुराएर जुरुक्क उठे मात्र देशको आमूल परिवर्तन सम्भव छ त्यसैले बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ लाई रुपान्तरण गर्न जगत कार्कीको आवश्यकता रहेको धेरैले बताएका छन् । यसैबीच हामीसँगको कुराकानीमा कार्कीले Youth innovation centre स्थापना गर्दै युवाहरूलाई बैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउने बताएका छन् । साथै उनले पठन संस्कृतिको विकास गर्न ‘ सामुदायिक पुस्तकालय ‘ स्थापना गर्ने र e-library मा समेत रुपान्तरण गर्ने, कब्जा गरिएका सार्वजनिक जग्गाको खोजी गरिनेछ र कानुनी कारबाही गर्दै जग्गामा फिर्ता गर्ने, बालमैत्री चिल्ड्रेन पार्क निर्माण गर्ने, वृद्धवृद्धालाई भजन गृह निर्माणदेखि प्राविधिक शिक्षालय निर्माण सम्मका योजनाहरु रहेकोे कार्किले बताए । थुप्रै प्रतिबद्धताहरु गरेका कार्कीले पत्रकार पेन्सन कोषदेखि व्यवसायीक अनुदानमा विषयलाई पनि अटाउन भ्याए । कार्किले आफूलाई जिताएर मात्र क्रान्तिकारी परिवर्तन हुने बताएका छन् ।
