
स्थानीय तहको निर्वाचन नजिक आइरहेको छ ।
स्थानीय सरकार एउटा निश्चित क्षेत्र वा परिधिभित्र जननिर्वाचित प्रतिनिधिले प्रशासनिक, व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिक रूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्ने संस्थागत थलो हो भन्ने पनि हामीले बुझेका छौँ । स्थानीय सरकारले मुलुकमा विद्यमान संविधान र कानुनबाट परिभाषित गरिएको अधिकारलाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयनका लागि सदुपयोग गर्छन् ।
यसैबीच काठमाडौ जिल्ला अन्तर्गत पर्ने टोखा नगरपालिका वडा नं. ६ बाट वडा अध्यक्षको रूपमा समाजसेवी तथा दूरगामी विचार, दृष्टिकोण र योजना भएका शंकर कुमार भण्डारीको उम्मेदवारीले सर्वत्र चासो बढेको छ । “धारा ” चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका भण्डारी आम नागरिकहरुले आफूलाई जिताउनेमा विश्वस्त छन् । हरेक वर्ग र समुदायलाई समेट्ने किसिमका भिजन र रणनीति सहितको प्रतिबद्धता पत्र बनाएर नागरिकहरुको घरदैलोमा धाइरहेका भण्डारी सुशासनयुक्त समृद्ध टोखा – ६, बनाउन चाहन्छन् ।
को हुन् त भण्डारी ?
वि.सं. २०२९ साल माघ २० गते टोखा नगरपालिका वडा नं. ६ ( तत्कालीन धापासी गाविस वडा नं. ४ ) मा बुबा स्व. पूर्ण बहादुर भण्डारी र आमा स्व. कान्छी भण्डारीको कोखबाट जन्म लिएका शालीन , भद्र, बौद्धिक एवं ईमानदार समाजसेवी तथा नेता हुन् । अरुको भलाइको लागि क्रियाशिल भइरहने भण्डारी एक सफल वडा अध्यक्ष भएर नागरिकहरुको सेवा गर्ने बताउँछन् । उनी भन्छन् ” म नागरिकको सेवक बन्न चाहन्छु ” । ‘धारा ‘ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका भण्डारी आम वडाबासीहरुलाई मत दिन अनुरोध गर्छन् ।

शंकर कुमार भण्डारी
उम्मेद्वार भण्डारीले बोकेका ७ महत्त्वपूर्ण योजनाहरु यसप्रकार छन् ।
१) हरेक युवाहरूलाई अन्तर्राष्ट्रिय रोजगारसँग जोड्न निर्माण अत्याधुनिक सुविधा सहितको International IT Employment Hub निर्माण गर्ने ।
२) वडा खेलकुद महाकुम्भ ” वडा ओलम्पिक ” गर्ने तथा खेल क्षेत्रको लागि छुट्टै कोष स्थापना गर्ने र युवाहरूको खेलमा नै भविष्य सुनिश्चित गर्ने ।
३) ज्येष्ठ नागरिक उपचार कोष स्थापना गर्दै औसधि उपचारमा राहत प्रदान गर्ने ।
४) महिलाहरुलाई घरेलु उत्पादनसँग जोड्न सीप विकास तालिम प्रदान गर्ने तथा कौसी खेती प्रोत्साहन कार्यक्रम सुरुवात गर्ने ।
५) सुशासन प्रबर्द्धन गर्ने वडाको हरेक गतिविधि डिजिटल बोर्डमार्फत प्रत्येक चोकमा Live प्रसारण गर्ने ।
६) प्राविधिक शिक्षाको केन्द्र बनाउने तथा संस्कृति भाषा र नेवारी भाषा कक्षा पनि सुचारु गर्ने ।
७) सडक स्तरोन्नति गर्दै ढुंगेधारा तथा ऐतिहासिक पोखरीहरुको संरक्षणको लागि ” स्वच्छ वातावरण – मूलको सुखी जिन्दगानी ” अभियान सञ्चालन गर्ने । आदि ।