स्थानीय तहको निर्वाचन दिनानुदिन नजिक आइरहेको छ । विभित्र दलहरुले आ-आफ्नो उम्मेद्बारी दिइसकेपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
यसैबीच बूढानीलकण्ठ नगरपालिका वडा नं – ४, मा जुझारु युवा जगत कार्कीको उम्मेद्बारीले सर्वत्र तरंग पैदा गरेको छ । इन्जिनियर समेत रहेका कार्की वडामा रहेका भू-माफियाको रजगजलाई तोड्न पनि आफ्नो उम्मेद्बारी रहेकोे बताउँछन् ।
सबै आमाहरुको आशीर्वाद लिएर र कर्तव्य पालनाको निमित्त चुनावमा होमिएको बताउने कार्की शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन प्रबर्द्धन जस्ता कार्यहरुमा आमूल परिवर्तन ल्याउने हेक्का राख्छन् ।
नेकपा ( एकीकृत समाजवादी ) को प्रतिनिधित्व गर्ने कार्की आफूलाई ‘कलम’ चिन्हमा भोट दिएर जिताउन अपील गर्छन् ।
