गोकर्णेश्वर,  वैशाख १५ गते गोकर्णेश्वर नगरपालिकाको सहयोगमा रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित स्थलगतकथा, कविता निबन्ध लेखन प्रतियोगितामा प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर का प्रतिनिधि सदस्य माननीय सन्तोषचालिसेले पुरस्कृत पन्ध्रजना छात्रछात्रालाई प्रमाणपत्र प्रदान गर्नुभयो

उक्त अवसरमा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले पुष्पगुच्छा तथा कार्यक्रमका सभापति वरिष्ठसाहित्यकार रोचक घिमिरेले नगद पुरस्कार प्रदान गर्नुभएको थियो

प्रतियोगिताको कथा लेखनमा सहभागी विद्यार्थीहरुमध्ये पर्लल्स इङ्लिस एकेडेमीमा कक्षा दश अध्यनरत विद्यार्थी सङ्गीता लामा प्रथम, सेन्टेनियल एकेडेमी कक्षा आठ अध्यनरत प्रेरणा बस्ताकोटी द्वितीय, सर्वनाम शिक्षालयमा कक्षा दश अध्यनरत पासाङ ल्हामु शेर्पा तृतीयतथा सुसंस्कार एकेडेमीमा कक्षा सात अध्यनरत दिप्सन भट्टराई एकता जेम्स एकेडेमी, कक्षा दश अध्यनरत कृतिश त्रिपाठी सान्त्वनापुरस्कारबाट पुरस्कृत भए

सोही प्रतियोगिताको कविता तर्फ सहभागीमध्ये खगेन्द्र विशेष शिक्षा माद्यमिक विद्यालय कक्षा १० का विद्यार्थी निखिल बुढा प्रथम, उत्तरवाहिनी बोर्डिङ स्कूल, कक्षा का छात्रा अश्मिता तामाङ द्वितीय, अरुणोदय माद्यमिक विद्यालय, कक्षा का छात्रा पार्वतीविश्वकर्मा तृतीय, तथा सुसंस्कार एकेडेमी कक्षा १० का छात्रा दिलाशा अधिकारी अल्केमिस्ट एकेडेमी, कक्षा १० छात्र प्रभात घिसिङसान्त्वना पुरस्कारबाट पुरस्कृत भए

स्थलगत लेखनको निबन्धतर्फका सहभागी मनकामना माद्यमिक विद्यालय, कक्षा अध्यनरत छात्र सक्षम भट्टराई प्रथम, उत्तरवाहिनीबोडिङं स्कुल, कक्षा का छात्रा सुयश्मा सुवेदी द्वितीय, सुसंस्कार एकेडेमी, कक्षा १० का छात्रा फुडु शेर्पा तृतीय नवअरुणिमामाद्यमिक विद्यालय कक्षा १० का छात्र दिव्याशु रिसाल तथा उत्तरवाहिनी बोर्डिङ स्कुल, कक्षा १० का छात्रा सृजना चुडाल सान्त्वनापुरस्कारबाट पुरस्कृत भएका छन्    

उन्नाइस विद्यालयका ७९ जना विद्यार्थी सहभागी रहेका उक्त स्थलगत साहित्य लेखन प्रतियोगितामा कथा कवितातर्फछब्बीस÷छब्बीस जना विद्यार्थीले भाग लिएका थिए भने निबन्धतर्फ सत्ताइसजना सहभागी थिए

               कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल कला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति के.के.कर्माचार्य, महासचिव विजयचलिसे, सदस्यद्वय रामप्रसाद पौडेल तथा मुना रुपाखेतीले कार्यक्रम रमेश विकलको व्यक्तित्वका बारेमा प्रकाश पार्नुभएकोकार्यक्रमको सञ्चाालन प्रतिष्ठानका कोषाध्यक्ष शम्व चालिसेले गर्नुभएको थियो        

वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ, अमरकुमार प्रधान, गोवन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, नवराज पुडासैनी परशुराम पराजुलीपराशरले प्रतिस्पर्धी विद्याथीहरूकका रचनाहरूको मूल्याङ्कन गर्नुभएको थियो  

यही क्रममा गोनपा भित्रका विभिन्न विद्यालयबाट कक्षादेखि १० कक्षा सम्मका सो प्रतियोगितमा भाग लिनेहरू मध्येबाट उत्कृष्टमापरेका प्रथम, िद्वतीय, तृतीय, चतुर्थ सान्त्वना गरेर सबै विधा गरी प्रत्येक समूहका / जनालाई क्रमशः ५०००, ३०००, २०००, सान्त्वना दुईजनालाई एक एक हजार गरेर नगद पुरस्कार प्रदान गरिएको उक्त प्रतियोगिताको सहजिकरण भने सुशील आचार्यलेगर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय