बूढानीलकण्ठ स्वास्थ्य चौकी ( बूढानीलकण्ठ नगरपालिका ) को आयोजनामा बूढानीलकण्ठ नगरपालिका वडा नं, ३ मा टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात वडा स्तरीय खोप समन्वय समितिकोको अभिमुखिकरण तथा योजना गोष्टि चैत्र २४ गते सम्पन्न भएको छ । अभियानका संयोजक वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रमले बूढानीलकण्ठ नगरपालिका वडा नं, ३ का १५ महिनादेखि १५ बर्ष सम्मका बालबालिकाहरुलाई निशुल्क खोप लगाउने अभियान सुचारु गर्ने जनाएको छ ।

विभिन्न महिला, समुह, स्वयंसेविका र स्वास्थ्यकर्मी सहित करिब ४० जनाको उपस्थिति रहेकोे उक्त कार्यक्रम चैत्र २७ गतेदेखि बैशाख ५ गतेसम्म ३/४ वडाका २५ विद्यालय मध्य १४ वडा केन्द्रमा सञ्चालन हुने आयोजकले जनाएको छ । जनस्वास्थ्य निरीक्षक ममता शाह , अहेब मिना लामिछानेले विभिन्न सत्रमा टाइफाइड रोगले बालबालिकाहरुमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र यो खोपबाट कोही पनि बन्चित नहोउन भनी जानकारी तथा प्रशिक्षण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय