काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार भएको बैठकले फागुन२५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
‘केही समयमा हामी निर्वाचन तालिका सार्वजनिक गर्दैछौं,’ थपलियाले भने । राष्ट्रपतिको निर्वाचन मितिमा घोषणा गर्न राजनीतिकदलहरुले माग गर्दै आएका छन् ।

राष्ट्रपति तथा उप राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सांसद मतदाता हुन्छन् । संघीय संसद र प्रदेशसांसदको मतभार भने फरक फरक हुन्छ ।
संवैधानिक राष्ट्रपति भएपनि विगतमा भएका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा निर्णायक भूमिका खेल्ने गरेका कारण प्रमुखराजनीतिक दल यो पद आफ्नो पक्षमा पार्न चाहान्छन् । कुनैपनि दलको स्पष्ट बहुमत नभएको अवस्था राष्ट्रपति को हुन्छन भन्ने विषयअहिले राजनीतिको परिस्थितिमा पेचिलो विषय बन्न पुगेको छ ।
