काठमाडौँनेपाली राष्ट्रिय क्रिकेट टिमले जितका लागि यति धेरै हतारो कहिल्यै गरेको थिएन पपुवा न्युगिनीले तेर्स्याएको लक्ष्यजम्माजम्मी ९६ रनको थियो त्यही लक्ष्य पछ्याउने क्रममा नेपालले जितसम्म पुग्न . ओभरमात्र उपयोग गर्‍यो 

लक्ष्य १० विकेटको जित थियो तर, विकेटको जित पनि कम रहेन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो विकेटकोआधारमा सबैभन्दा ठूलो अन्तरको जित हो यससँगै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोट नजिक पुगेको

यो हो, आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग मा नेपालको अन्तिम दोस्रो खेलको पटकथा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाप्राप्त यस जितपछि नेपाल ग्लोबल छनोटबाट एकै जितमात्र टाढा नेपालले अब बिहीबार प्रतियोगिताकै अन्तिम खेलमा यूएईकोसामना गर्नेछ यो नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो महत्त्वको खेल हुनेछ कुल टिमसम्मिलित प्रतियोगितामा नेपाल चौथोस्थानमा खातामा अंक ३८

नेपालभन्दा ठीक माथि नामिबिया उसको ३९ अंक नेपालले नामिबियालाई उछिनेर तेस्रो स्थानमा उक्लनुपर्नेछ त्यसैले ग्लोबलछनोटमा प्रवेश पाउन नेपाललाई निश्चित जित आवश्यक पर्नेछ जितबाहेक अन्य विकल्पबारे नेपालले सोच्न सक्ने छैन अघिल्लो दिननेपालले यूएईलाई हराएर आफ्नो एकदिवसीय टिमको मान्यता जोगाएको थियो अब नेपालले यूएईमाथि जितका लागि अर्जुनदृष्टिलगाउन सक्नेछ

त्यसको ठीक अगाडि पपुवा न्युगिनीमाथि प्राप्त एकपक्षीय जितले नेपालका लागि ग्लोबल छनोटसम्म पुर्‍याउने बाटोको काम भने गरेको यो आफैंमा धेरै कीर्तिमानी जित रह्यो, त्यसैले यो खेल पनि धेरै पछाडिसम्म सम्झनामा रहनेछ यो नेपालको लगातार पाँचौं जितहो फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमा दसौं जित हो यही उत्कृष्ट लयलेनेपाललाई ठूलो सपना देख्न प्रेरित गर्नेछ

पीएनजीको कमजोर ब्याटिङ

अंक तालिकाको पुछारमा रहेको पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर ब्याटिङ निम्तो पाएको थियो यसक्रममा पूरा टिम ३२ओभरमात्र टिक्न सक्यो टिमले यति ओभर उपयोग गरेर बोर्डमा चढाएको रनस्कोर भने ९५ मात्र थियो टोलीको स्कोर कार्ड निकैउदेकलाग्दो रह्यो माथिल्लो क्रममा चार ब्याटरले मात्र दोहोरो अंक छोए बाँकी ब्याटर भने क्रिजमा आए एकैछिनमै पेभेलियन फर्कनबाध्य रहे पपुवा न्युगिनीले अन्तिम विकेट १६ रनमा गुमाएको थियो

कप्तान असाद भालाको २० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो सेसे बाउले १८, चार्ल्स एमिनीले १६ हिरी हिरीले १४ रनबनाए खेलपछि कप्तान भालाले माने, आफ्नो टिमको ब्याटिङ निकै कमजोर रह्यो उनले भने, ‘ब्याटबाट हाम्रो प्रदर्शन निकै कमजोरभयोटिमको यही प्रदर्शनले पनि देखाउँछ, पीएनजी किन टिममध्ये सबैभन्दा पुछारमा रह्यो उसले ३५ खेलमा बटुलेको अंक किन११ मात्र रह्यो भनेर

नेपालका लागि सन्दीप लामिछानेले २५ रन खर्चिएर विकेट लिए उनी प्लेयर अफ म्याच भए कुशल मल्ल ललित राजवंशीलेसमान दुई विकेट लिए सोमपाल कामीको नाममा एक विकेट रह्यो पोस्टम्याचमा नेपाली टोलीका कप्तान रोहित पौडेलले यस जितमाखुसी व्यक्त गरे स्लो लेफ्ट आर्म अर्थोडक्स ललितले पनि आफ्नो प्रदर्शनमा प्रशन्नता देखाए उनले भने, ‘एकपछि अर्को खेलमानेपालका लागि महत्त्वपूर्ण योगदान दिन सकेकामा खुसी लाग्छ नै

आसिफको आक्रामक अर्धशतक

कुशल भुर्तेल आसिफ शेखले जवाफमा इनिङ्स सुरु गर्नेबित्तिकै देखाएको विशेषता हो आक्रामक ब्याटिङ त्यसक्रममा आसिफलेनेपालका लागि सबैभन्दा तीव्र गतिको अर्धशतक बनाए उनले २१ बलमै आफ्नो ५० रन पूरा गरे समग्रमा उनले २१ बलमा ५३ रनबनाए कुशलले भने १४ बलमा ३३ रन बनाए नेपालले . ओभरमै आफ्नो ५० रन पूरा गरेको थियो यी दुई ओपनरले सजिलै ५१रनको साझेदारी गरेका थिए

चाड सोपरको बलमा कुशल एलबीडब्लू भएपछि कुशल मल्ल मैदानमा आए उनले १२ रन बनाए सापरले बलिङ गरेको आठौं ओभरगजब नै रह्यो त्यसमा आसिफले बलमा २० रन जोडे सुरुमा उनले लगातार दुई चौका प्रहार गरे त्यसपछि पालो थियो लगातार दुईछक्काकोहामी फरक परिस्थितिमा फरक मनसाय उद्देश्यले ब्याटिङ गर्छौं,’ खेलपछि आसिफले भने, ‘लक्ष्य कम भएकाले केहीसजिलो भने भयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय