आइसिसी विश्वकप लिग–२ क्रिकोणात्मक एकदिवसीय श्रृखलामा युएईविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । नेपाललाईजित्न २४८ रनको लक्ष्य पाएको यूएई २२ दशमलब ५ ओभरमा ७१ रन बनाउँदा अल आउट हुन पुग्यो र खेल१७७ रनले हार्न पुग्यो । योजितसंगै नेपालले एक दिवसीय क्रिकेटको मान्यता जोगाउन सफल भएको छ । ३४ खेलबाट ३६ अंक बटुल्दै अमेरिकालाई पछि पार्दैलिग तालिकाको चौथो स्थानमा उक्लीन सफल भएको छ । यो हारसंगै यूएईले एक दिवसीय मान्यता जोगाउन प्लेअफ खेल्नु पर्ने भएकोछ । आजको जित पछि नेपाललेअव बाँकी दुई खेल जितेर शीर्ष तीनमा रहने सम्भावना वलियो बनाएको छ । तेश्रो स्थानामा रहेकोनामिविया भन्दा नेपाल अव ३ अंकले पछि छ । बाँकी दुई खेल जिते नेपालले नामिवियालाई पछि पार्न सफल हुनेछ ।
आज नेपाल विरुद्ध यूएईका लागि सबै भन्दा वढि आयान खानले २९ रनको योगदान दिए ।
कार्तिक मैयप्पनले ११ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन ।यूएईलाई कमजोर सावित गर्न नेपालकालागि ललित नारायण राजवंशीले एक्लैले ७ दशमलब ५ ओभरमा २ मेडन ओभर फाल्दै २० खर्चेर ५ विकेट लिए । त्यसैगरी सन्दीपलामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे । त्यसैगरी सोमपाल कामी , दिपेन्द्रसिंह एैरी र गुल्सन झाले एक एक विकेटलिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो ।

यूएई विरुद्ध नेपालको सानदार जित, एक दिवसीय मान्यता जोगाउन सफल
नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय पाली खेले । दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रनबनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए । भिम सार्कीले ३७ बलमा २९ रन बनाए ।दोस्रो ओभरमा नै पहिलो विकेट गुमाएको नेपालले ७ ओभर १ बलमा ३ विकेट गुमाएको थियो । चौथो विकेटका लागि कप्तान रोहितपौडेलले भिम सार्कीसंग अर्धशतकिय साझेदारी गरेका थिए । नेपालले ७६ रन हुँदा चौथो विकेट गुमाएको थियो । चौथो विकेट पछिक्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलबीचमा अर्धशतकीय साझेदारी भएसँगै नेपाल बलियो स्थितिमा पुगेको हो।
युएईका लागि जाहोर फरिद,जाहोर खान,रोहन मुस्ताफा र आयान खानले समान दुई दुई तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समानएक एक विकेट लिए । भोलि ९ ३० बजे देखि नेपालले क्रितिपुर क्रिकेट मैदानमा पपुवा न्यूगिनी विरुद्ध श्रृखलाको ३५ औ खेल खेल्नेछ। त्यसैगरी चैत १ गते बुधवार नेपालले यूएईसंग श्रृखलाको अन्तिम खेल खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ओमान ३६ खेलमा २१मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंककासाथ तेस्रो स्थानमा छ।
नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ माहारसहित ३५ अंकका साथ पाँचाै स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैठाै स्थानमा छ ।पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।
