विदेशी पर्यटक आगमनको सिजनको सुरुवाती चरण मानिन्छ फेबु्रअरी महिनालाई। डिसेम्बरदेखि जनवरीसम्म सुस्ताउने पर्यटन क्षेत्रफेब्रुअरी लागेपछि बिस्तारै उकालो लाग्न थाल्छ। पर्यटन आगमनको वृद्धिको त्यो लय यो वर्ष पनि निरन्तर देखिएको छ। आगमनकोआकारको वृद्धिदर हेर्दा पर्यटन क्षेत्रले गति लिँदै गएको संकेत देखिएको पर्यटन बोर्डले बताएको छ।
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि यो फेब्रुअरीमा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशीपर्यटक भित्रिएका छन्। सन् २०२२ को फेब्रुअरीको तुलनामा धेरै नै आकार बढ्नेगरि नेपालमा यो फेब्रुअरीमा पर्यटक भित्रिएको पर्यटनबोर्डले बताएको छ सन् २०२२ को फेब्रुअरीमा नेपालमा जम्मा १९ हजार ७ सय ६६ जना पर्यटक भित्रिएका थिए। नेपाल भित्रिएका यिसबै पर्यटक हवाई माध्यमबाट आएका हुन्।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सबैभन्दा बढी पर्यटक भित्रिएको वर्ष २०१९ को फेब्रुअरीको तुलनामा योवर्ष फेब्रुअरीमापर्यटक आगमनमा ७२ प्रतिशत सुधार भएको छ। सन् २०१९ को फेब्रुअरीमा नेपालमा १ लाख २ हजार ४ सय २३ जना विदेशी पर्यटकभित्रिएका थिए। त्यस्तै सन् २०२० को तुलनामा भने यो पटक ७५ प्रतिशत रिकभर भएको छ। सन् २०२० को फेब्रुअरीमा नेपालमा ९८हजार १ सय ९० जना विदेशी पर्यटक भित्रिएका थिए। सन् २०२० मार्च पछि बल्ल पर्यटनमा कोरोना भाइरस संक्रमणको असर पर्नथालेको थियो। त्यसपछि आगमनमा गिरावट आउन थालेको थियो।
‘पोहोरको आगमनको तुलनामा यो वर्षको आगमनको आकार निकै नै माथि उक्लेको छ। पोहोरको संख्यामा भन्दा पनि सबैभन्दा बढीपर्यटक भित्रिएको वर्ष (२०१९)को आधारमा हेर्दा पनि रिकभर निकै नै राम्रो भएको मान्नुपर्छ,’ लामिछानेले भने, ‘पोहोरको आगमन त निकैनै कम थियो। बरु २०१९ र २०२० को तुलनामा यो पटक पर्यटक आगमनमा निकै नै सुधार भएको मान्नुपर्छ।’
कोरोनाको सबैभन्दा बढी मार परेको वर्ष सन् २०२१ को फेब्रुअरीमा नेपालमा जम्मा ९ हजार २ सय ४६ जना विदेशी पाहुना भित्रिएकाथिए। नेपालमा गत जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यो फेब्रुअरीमा नेपालमा सबैभन्दा बढी पर्यटकभारतबाट आएका छन्। भारतीयको संख्या १८ हजार ४ सय १ रहेको छ। त्यस्तै दोश्रो नम्बरमा अमेरिकी पाहुना नेपाल भित्रिएका छन्।अमेरिकी पर्यटकको संख्या ७ हजार ८ सय ८७ रहेको छ। तेश्रो नम्बरमा परेको थाइल्याण्डका ४८ सय २, चौथोमा परेको बेलायतका ४३सय ४५ र पाँचौमा परेको दक्षिण कोरियाका ३२ सय ४६ जना पाहुना भित्रिएका छन्।
त्यस्तै अस्टे«लियाका २९ सय ६९ जना पाहुना भित्रिएर छैटौं नम्बरमा छ। सातौ नम्बरमा परेको चीनका २२ सय ६६ जना पाहुनाभित्रिएका छन्। आठौंमा म्यानमारका २२ सय ३२, नवौंमा श्रीलंका २१ सय ७५ र दशौं नम्बरमा परेको जर्मनीका २१ सय ८ जना पाहुनानेपाल भित्रिएका छन।

चिनियाँ पाहुनाको आगमन पनि बिस्तारै बढ्न थालेको लामिछानेले बताए। चीनले अघिल्लो महिना आफ्ना नागरिकलाई घुमघामकालागि विभिन्न २० मुलुक खुला गरेको थियो। त्यसभित्र नेपाल परेको थिएन। तरपनि समुहमा नभई व्यक्तिगत रुपमा चिनियाँ पर्यटकआउन थालेको लामिछानेले बताए। ‘चिनियाँ पाहुना समुहमा आएका छैनन। व्यक्तिगत (एफआईटी)हरु भने आउन थालेका छन ।समुहमा खुलाएको भए यो आकार निकै नै माथि हुन्थ्यो,’ उनले भने, ‘व्यक्तिगत रुपमा भित्रिँदा पनि चिनियाँको आकार राम्रो देखिएकोछ।’ चीनका विभिन्न सहरमा काठमाडौंदेखि सिधा हवाई उडान सुरु भएकोले चिनियाँको आगमन बिस्तारै बढ्न थालेको लामिछानेलेबताए।
पोखरामा माघ १ गते भएको हवाई दुर्घटनापछि विदेशी पर्यटक आगमन घटेको गुनासो व्यवसायीले गरिरहे पनि आगमनको संख्याले भनेत्यो नदेखाउने लामिछानेले बताए। बरु पोखरा जाने विदेशी पाहुनाको संख्या केही घटेको हुनसक्ने उनले बताए। ‘नेपालभित्रै पाहुनानभित्रिएका होईनन, तर, दुर्घटनापछि पोखरामा भने पाहुना कम भएका हुन,’ उनले भने, ‘दुर्घटनाको असर नै नपरेको भन्ने होईन, केही तअसर परेको थियो। तर, त्यसैका कारण पुरै गिरावट आएको भन्न मिल्नेगरि आगमन खस्किएको होईन।’
