काठमाण्डौ फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८औं अधिवेशनबाट अध्यक्षमा हरि प्रसाद घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । अधिबेसनले उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे ,सचिवमा रेशमराज पण्डित ,सह सचिव रण बाहादुर श्रेष्ठ , कोषध्यक्ष सुशील ज्ञावाली निर्वाचित भएका छ्न्। आठ सय भन्दा बढि सदस्य रहेका उक्त सस्थाको काठमाडौ,भक्तपुर र ललितपुरका साथै विभिन्न प्रदेशमा आफ्ना सदस्य र कार्य समिति रहेका छन् । काठमाण्डौ फोटोग्राफर संघ २०६५ सालमा स्थापना भएको हो । काठमाडौंमा सम्पन्न अधिवेशनले घिमिरेको नेतृत्वमा दुई बर्षको निम्ति कार्यसमिति निर्वाचित गरेको छ्। नवनिर्वाचित अध्यक्ष हरि प्रसाद घिमिरे लामो समय देखि फोटोग्राफी र फोटोग्राफरका बिभिन्न मुद्दा सदस्यका हितको बिषयमा छलफल अन्तरक्रिया,रचनात्मक क्रियाकलाप र तालिम गोष्ठी आयोजना गर्दै आएका छन् । उनको आगामी योजना देश भरिकै फोटोग्राफरहरुलाई एकिकृति गरी साझा मुद्दामा नीति निर्माणको तहमा रहेका ब्यक्तिहरुलाई ध्यान आर्कषण गराउने बताएका छ्न् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय