स्ट्राइकर मेसुके ओलोमोउले अन्तिम मिनेटमा गरेको गोलमा फ्रेन्ड्स क्लबमाथि को जितसहित नवप्रवेशी एफसी खुमलटारले सहिदस्मारकडिभिजन लिगमा विजयी सुरुआत गरेको छ।  

शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु यस सिजनको लिगमा नवप्रवेशी खुमलटारलाई स्पष्ट तीन अंक दिलाउन मेसुकेले८९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। मेसुकेले कप्तान जय गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए। इन्जुरी समयकोपाँचौं मिनेटमा मेसुकेको पासमा राजीव लोप्चनले खुमलटारले अग्रता दोब्बर पार्ने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेनन्।उनको प्रहार फ्रेन्ड्सका गोलकिपर राजाबाबु थापाले विफल पारेका थिए।

खुमलटार गत सिजनबीडिभिजन लिगको उपविजेताको हैसियतमा शीर्ष डिभिजनमा बढुवा भएको थियो। त्यसअघि दुई पटकबीडिभिजनको उपविजेता बने पनि शीर्ष टोली मात्रडिभिजनमा बढुवा हुने भएपछि खुमलटारको शीर्ष डिभिजन उक्लिने लक्ष्यले पूर्णतापाउन सकेको थिएन। गत सिजन शीर्ष दुई टोलीडिभिजनमा बढुवा हुने भएसँगै चर्च ब्वाइज विजेता खुमलटार उपविजेता बन्दैडिभिजनमा बढुवा भएका थिए।

फ्रेन्ड्सका लागि भने यस सिजन पनि लिगमा विजयी सुरुआत गर्ने लक्ष्यले पूर्णता पाएन। गत सिजन पनि फ्रेन्ड्सले लिगको पहिलोखेलमा नवप्रवेशी टोली सातदोबाटोलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो। तर टोलीले पहिलो खेल सातदोबाटोसँग गोलरहितबराबरीमा टुङ्ग्याएको थियो।  

यसै सिजन मात्र फ्रेन्ड्सको प्रशिक्षण सम्हाल्न आएका प्रशिक्षक उर्जन श्रेष्ठको लिगमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाएन। गतसिजन श्रेष्ठले थ्र्री स्टारको प्रशिक्षण सम्हालेका थिए।

आजका खेल

एपिएफविरुद्ध थ्री स्टार क्लब (२ः३० बजे, दशरथ रंगशाला)

नेपाल पुलिस क्लबविरुद्ध चर्च ब्वाइज (२ः३० बजे, च्यासल)

मनाङ मस्र्याङदी क्लबविरुद्ध हिमालयन शेर्पा क्लब (५ः३० बजे, दशरथ रंगशाला)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय