क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि यूएई जाने अनुमति दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जाने अनुमतिदिएको हो।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाईथुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।  

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छोड्न आदेशदिएकाे थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

आईसीसी विश्वकप लिग टु क्रिकेट खेल्नका लागि नेपाली क्रिकेट टिम शनिबार युएई गएको थियो। तर उच्च अदालत पाटनले विदेशजान रोक लगाएका सन्दिप भने जान पाएका थिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय