नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ। मंगलबार भएको अन्तिम खेलमा नेपाललेस्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो।

चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दिपले चार खेलमा १३महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्।
आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्।
विवादकाबीच पनि सन्दिपको मैदानमा क्रेज उत्तिकै थियो। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदानगर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’
