प्रवेश पौडेलको निर्देशन रहेको नेपाली चलचित्र बिहे पास’ को पोस्टर सार्वजनीक भएको छ।
बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’को टिमले शिबरात्रीको दिन पोष्टर सार्वजनिक गरेको हो।सार्वजनिक तीन पोस्टरमा प्रमुख कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाईदेख्न पाइन्छ।

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता,रोजन श्रेष्ठ निर्माता तथा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेकोफिल्म पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको छ।
फस्र्टलुक सार्वजनिकसँगै चर्चामा रहेको फिल्मको टिजर फागुन १० गते बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याउने तयारी भएको निर्माण पक्षले जनाएको छ।
