काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनको राजधानी किभ पुगेका छन् । रुसी आक्रमणको वर्षदिन पुग्न लाग्दा अमेरिकीराष्ट्रपति बाइडेन किभ पुगेका हुन् । रुसी आक्रमणपछि बाइडेन पहिलो पटक युक्रेन पुगेका हुन् ।
यसअघि अमेरिकी राष्ट्रपति बाइडेन पोल्यान्डका राष्ट्रपति एन्द्रेज दुदासँग भेटवार्ताका लागि वार्सा जाने तय भए पनि उनी अचानक किभपुगेका हुन् । यसैबीच बाइडेनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेट गरेका छन् । जेलेन्स्कीले आफ्नो आधिकारिक टेलिग्रामच्यानलमा बाइडेनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जो बाइडेन तपाईंलाई किभमा स्वागत छ ।
तपाईंको यात्रा सम्पूर्ण युक्रेनीहरूका लागि एक अत्यन्त महत्त्वपूर्ण संकेत हो ।‘ जेलेन्स्कीसँगको भेटपछि बाइडेनले युक्रेनलाई अमेरिकीसमर्थन निरन्तर उपलब्ध गराइने बताएका छन् । अमेरिकी राष्ट्रपति कार्यालयका तर्फबाट जारी गरिएको बयानमा भनिएको छ, ‘किभकोमेरो यात्रा युक्रेनी लोकतन्त्र, सम्प्रभुता तथा क्षेत्रीय अखण्डताप्रति हाम्रो अटूट र अटल प्रतिबद्धता फेरि एक पटक पुष्टि भएको छ ।‘

अमेरिकी राष्ट्रपति कार्यालयका तर्फबाट जारी बयानमा अगाडि भनिएको छ, ‘झन्डै एक वर्षअघि पुटिनले आक्रमण सुरु गर्दा युक्रेनकमजोर छ र युरोप विभाजित छ भन्ने सोचेका थिए । उनले सोचेका थिए कि हामीलाई परास्त गर्नेछन् तर उनी बिल्कुलै गलत थिए ।‘ सैन्य अनुभवका बाबजुद पनि युक्रेनी नागरिकले साहसपूर्वक लडेको भन्दै बाइडेनले प्रशंसा गरेका छन् ।
आगामी फेब्रुअरी २४ मा युक्रेन–रुस युद्धको एक वर्ष पूरा हुँदैछ । तर पनि शान्ति स्थापनाको कुनै छाँटकाँट देखिँदैन । युद्ध सुरु भएयतादुवैतर्फ मानवीय तथा भौतिक क्षति भएको छ । क्षतिको स्वतन्त्र पुष्टि भने भएको छैन ।
गत सेप्टेम्बरमा रुसी रक्षामन्त्री सेर्गेई सोइगुले करिब ६ हजार रुसी सैनिकको मृत्यु भएको बताएका थिए । त्यसयता रुसले क्षतिको कुनैजानकारी गराएको छैन । युक्रेनतर्फ भने डिसेम्बर २ मा राष्ट्रपति जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३हजारसम्म युक्रेनी सैनिक मारिएको बताएका थिए । उनले वास्तविक तथ्यांक भने राष्ट्रपति जेलेन्स्कीले मात्रै दिन सक्ने बताएका थिए ।
युक्रेनलाई सघाइरहेको अमेरिकी प्रशासनले भने दुवैतर्फ कम्तीमा १ लाख सैनिकको मृत्यु भएको हुन सक्ने बताएको छ ।सर्वसाधारणतर्फ कति क्षति भयो भन्ने यकिन विवरण स्वतन्त्र तवरले आएको छैन । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्चआयोगले पनि युक्रेनमा १८ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।
