काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्दविप्लवले प्रदेश को नाम कोशी राख्ने निर्णय तत्कालसच्याउन माग गरेका छन्  जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बु सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनकोजिकीर थियो

श्रमिक समूदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जातिविशेषको आधारमा नभई स्थानीय जनता आफै समाहित हुने गरी प्रदेशहरुको नाम राख्न उपयुक्त हुने तर्क समेत गरे उनले जनतालाईपीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादीरहेको आरोप लगाए  

महासचिव विप्लवले भने, जातिवाद समाजको लागि घातक कुरा हो त्यो स्विकार्य हुँदैन स्विकार्नु हुँदैन तर पहिचान भनेको छुट्टै कुराहो प्रजातन्त्र भनेको जनताको अनुभूति हो जनता पीडित भएको अनुभूति गर्छन भने त्यो प्रजातन्त्र अधिनायकवादी हुन्छ त्यो प्रजातन्त्रजनताको होइन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय