नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेरएक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटकखरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३७ लाख १३ हजार आठ सय ७८ बराबरको कारोबार भएको छ।

आज विकास बैंक, वित्त निर्जीवन बीमा समूहको उपसूचक क्रमशः ११ दशमलव १४, पाँच दशमलव ४६ १० दशमलव ३७ अङ्कलेघटेको भने बाँकी सबै समूहको उपसूचक बढेको छ। आज सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक एक सय १५ दशमलव ९१ उत्पादन समूहको उपसूचक ८१ दशमलव १८ अङ्कले बढेको छ।

त्यसैगरी, बैंकिङ समूह तीन दशमलव ७६, होटल तथा पर्यटन समूह १३ दशमलव ७६, जलविद्युत् समूह दशमलव ३१ लगानी समूहशून्य दशमलव ६२ अङ्कले बढेको छ। आज जीवन बीमा समूह २९ दशमलव ५८, म्युचुअल फन्ड समूह शून्य दशमलव ३३, व्यापार समूह२२ दशमलव ८३ अन्य समूह सात दशमलव ६२ अङ्कले बढेको छ।

सुपर माई हाइड्रोपावर लिमिटेड, सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आजसकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गिरावट देखिनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य तीन दशमलव १७प्रतिशतले घटेको छ। कारोबार रकम शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमई जनरल इन्सुरेन्स लिमिटेडको रु करोड १५ लाख १३ हजार बराबरको एक लाख ५८ हजार एक सय ३३ कित्ता शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय