
काठमाडौं , २०८० भाद्र ३१ : काठमाडौं महानगरपालिका वडा नम्बर १५ र स्वयम्भू डल्लु साईकल पुचः को संयुक्त आयोजनामा एकमहिने साईकल प्रशिक्षण कार्यक्रमको दोस्रो चरण प्रमाणपत्र वितरण गर्दै समापन भएको छ ।
डल्लु आवासिय विद्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता स्वयम्भू डल्लु साईकल पुचः का अध्यक्ष मचाकाजी महर्जनलेगर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल हुनुहुन्थ्यो ।कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य मैयाँ लक्ष्मि महर्जन , वडा सदस्यहरु अप्सरा खत्री, रीता मिजार, बिजु श्रेष्ठ को समेतउपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन वडा सचिव सुशिल सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा १५० भन्दा बढिप्रशिक्षार्थी तथा विभिन्न महिला समूहहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलद्वारा ३९ जना प्रशिक्षार्थी तथा ७जना प्रशिक्षकहरुलाई प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा मन्तव्य राख्दै काठमाडौं महानगरपालिकावडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यान दिँदै यस खाले कार्यक्रम आयोजना गरिएकोबताउनुभयो । उहाँले वातावरण मैत्री यातायातको साधन साईकल भएकोले र महिलाहरुलाई यसखाले कार्यक्रमले सामाजिक एकताकोसुत्रमा बाध्ने साथै सशक्तिकरणमा पनि मद्धत पुग्ने राय व्यक्त गर्नुभयो । प्रशिक्षक तथा प्रशिक्षार्थीलाई धन्यवाद दिँदै डंगोलले साईकलउपलब्ध गराउने लक्ष्मी साईकल सेन्टरप्रति आभार व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ द्वारा सामाजिक , आर्थिक विकासका थुप्रै कार्यक्रमहरु संचालन भइरहेको स्मरण गर्दै वडाअध्यक्ष डंगोलले आगामी दिनमा पनि महिलाहरुलाई आर्थिक उपार्जनमा , शारिरिक स्फुर्तिका कार्यक्रमहरु संचालन गरिने प्रतिबद्धताव्यक्त गर्नुभयो ।
रिपोर्टिङ : रविन्द्र ढुंगेल

काठमाडौं महानगरपालिका वडा नम्बर १५ र स्वयम्भू डल्लु साईकल पुचः को संयुक्त आयोजनामा एक महिने साईकल प्रशिक्षण कार्यक्रमको दोस्रो चरण प्रमाणपत्र वितरण गर्दै समापन भएको छ ।