उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा जाने लगभग टुङगो लागिसकेकोछ। उनी फेरीपनि उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।
आफु यातायात मन्त्री भएको ३ महिना ३ दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक कार्यक्रममा पनि जिम्मेवारी परिवर्तन हुन लागेकोसंकेत दिएका हुन। तीन महिनाकै कामको विवरण दिएर यातायात मन्त्रालयमा आफु सफल भएको दाबी पेश गर्न भ्याएका मन्त्री श्रेष्ठअब जिम्मेवारी फेरिने कुरामा ढुक्क थिए।
त्यसो त उनले खुलेर ‘म गृह मन्त्रालय सम्हाल्दै छु’ त भनेन।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ
तरपनि मन्त्रालय हेरफेरको संकेत प्रष्टसँग दिए। मन्त्री श्रेष्ठले गृहमन्त्री बन्ने कुरा आफ्नो चाहनाले मात्र नहुने बताएका थिए। प्रधानमन्त्रीपुष्पकमल दाहालले गर्ने कुनैपनि निर्णय अनुसार आफु जिम्मेवारी सम्हाल्न तयार रहेको उनले बताएका थिए।
‘अब छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउँछ’, उनले पत्रकार सम्मेलनमा भने।
यसैबीच मन्त्री श्रेष्ठले प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भारतले एक महिनाभित्रै तयारगर्ने बताए। उनले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरेको उल्लेख गरे।
