काठमाडौँ जबजब देशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको चयनको प्रक्रिया सुरुवात हुन्छ तब तब लोकतान्त्रिकसमाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा आउने गरेको  काँग्रेसमा हुँदा उपसभामुखदेखि विभिन्न मन्त्रालयसम्हालेका अध्यक्ष ठाकुरको चाहना पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने  नै हो उनले त्यसका लागि प्रयास पनिगर्दै आएका छन्  

काँग्रेस छाडेर २०६५ मा मधेस राजनीतिमा आएका अध्यक्ष ठाकुरले मन्त्री बन्ने चाहना कहिले राखेनन्, जबकि उनको पार्टी पटकपटकसरकारमा गयो उनको इच्छा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने नै थियो  

काँग्रेसबाट डा.रामवरण यादव राष्ट्रपति बनेपछि धेरैले भनेका थिए, काँग्रेस नछाडेको भए अहिले राष्ट्रपति महन्थ ठाकुर नै बन्थे पार्टीमाडा.रामवरण यादवभन्दा महन्थ ठाकुर धेरै नै सिनियर नेता थिए पार्टी नछाडेको भए रामवरणले पाएका अवसर महन्थले पाउने थिएभन्नेहरू धरै थिए यो प्रसंग बेलाबेलामा उठ्ने गरेको  

२०६५ पछि पटकपटक सरकार परिवर्तन हुँदा अध्यक्ष ठाकुरको नाम प्रधानमन्त्रीको रूपमा चर्चामा आउँथ्यो यद्यपि अध्यक्ष ठाकुरलेआफैले त्यसको बारेमा बोलेका छैनन् उनी निकट नेताहरूले भने उनलाई चर्चामा ल्याउने गर्थे  

२०७४ मा राष्ट्रपति चयन हुँदा पनि महन्थ ठाकुरको नाम उपराष्ट्रपतिका लागि चर्चामा आएको थियो तर भागबण्डामा उपराष्ट्रपतिमाओवादीको भागमा परेको थियो  

पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीको रूपमा संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिका कारण उनलेप्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो त्यसपछि नयाँ सरकारका लागि भएका दौडधुपमा प्रधानमन्त्रीका लागि महन्थ ठाकुरकोनिकै चर्चा भएको थियो डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतले उनको नाम प्रधानमन्त्रीका लागि अघि सारेका थिए विवाद चलेपनि त्यतिबेला जसपा विभाजन भएको थिएन ।तर  त्यतिबेला ठूलो दलको हैसियतमा कांग्रेस सभापति शेरबहादुर देउवा सर्वसम्मतप्रधानमन्त्री बनेका थिए  

२०७९ सालको चुनावपछि बनेको नयाँ सरकारका लागि महन्थ ठाकुरको नाम प्रधानमन्त्रीमा चर्चा नभए पनि राष्ट्रपतिमा निकै चर्चा भयो लोसपाले आधिकारिक निर्णय नै गरेर सबै दललाई भेटेर राष्ट्रपतिका लागि प्रस्ताव गरेको थियो तर महन्थ ठाकुरले दलहरूबाटआश्वासन मात्र पाए जब यसबारे छलफल भयो, त्यसमा कसैले पनि उनलाई समर्थन गरेनन् आठ दलीय गठबन्धनबाट काँग्रेसकावरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायो लोसपाले पनि पौडेललाई नै समर्थन गरेको राष्ट्रपतिको चुनाव चैत गते हुँदैछ

अहिले पुनः उपराष्ट्रपतिमा उनको चर्चा सुरु भएको सामाजिक सञ्जालदेखि लिएर विभिन्न सञ्चारमाध्यममा उनको नामउपराष्ट्रपति आउन थालेको यसअघिझैँ यस विषयमा हालसम्म ठाकुरले केही बोलेका छैनन्

सो पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भने उपराष्ट्रपतिमा महन्थ ठाकुरको चर्चा अनावश्यक रूपमा भइरहेको प्रतिक्रिया दिए अहिले पार्टीमा वा अन्य ठाउँमा उपराष्ट्रपतिका बारेमा कुनै छलफल नै भएको छैन, तर बेमतलबको चर्चा भइरहेको ,’ उनले भने, ‘राष्ट्रपतिका लागि हामी प्रस्ताव गरेका थियौँ तर त्यसमा सहमति जुटेन त्यो एपिसोड नै सकियो उपराष्ट्रपतिको बारेमा अहिलेपार्टीभित्र कुनै किसिमको चर्चा छैन

आठ दलीय गठबन्धनमा पनि राष्ट्रपतिबाहेक अरू कुनै विषयमा चर्चा नभएको उनले भने त्यहाँ राष्ट्रपतिको मात्र कुरा भयो राष्ट्रपतिको चुनाव सकेपछि मात्र उपराष्ट्रपतिको विषय प्रवेश हुन्छ,’ उनले भने  

तर आठ दलीय गठबन्धनमा उपराष्ट्रपतिको विषय टुंगिसकेको बताइएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वयम्पनि उपराष्ट्रपति आफ्नो पार्टीले पाउने सहमति भइसकेको प्रतिक्रिया दिइसकेका छन् काँग्रेस, माओवादी केन्द्र नेकपा एकीकृतसमाजवादी पार्टीका नेताहरूले पनि उपराष्ट्रपति जसपाको भागमा परेको भन्दै आएका छन्  

त्यही बीचमा महन्थ ठाकुरको नाम चर्चामा ल्याइएको हो जसपाले लगभग पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादवलाईउपराष्ट्रपति बनाउने निश्चित गरिसकेको बारा बाट प्रतिनिधि सभा चुनाव जितेका उनलाई राजीनामा दिन लगाएर उपराष्ट्रपतिबनाएपछि त्यहाँ हुने उपचुनावमा उपेन्द्र यादव उम्मेदवार बन्ने तयारी गरिएको जसपाको तयारी चलिरहेको बेला जनमत पार्टीकाअध्यक्ष डा. सिके राउतले पनि उपराष्ट्रपतिमा दाबी गरेको समाचार बाहिर आएको  

उनले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै जसपाले मधेस प्रदेशको मुख्यमन्त्री उपराष्ट्रपति दुवैमा दाबी गर्न नमिल्ने बताउँदै आफूले पनिउपराष्ट्रपति उठाउने भनेका छन्  

एकातिर जसपाले आफूले उपराष्ट्रपति पाउने सहमति भइसकेको बताउँदै आए पनि आठ दलीय गठबन्धनका साना दलहरू जनमत, नागरिक उन्मुक्ति पार्टी, लोसपाले भने यस बारेमा गठबन्धनमा कुनै छलफल नभएको बताउँदै आएका छन्  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय