नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेकोआरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको भनाई थियो।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनलेत्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गरे।अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए।

उनले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेतजनाए। नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो। उनले विषादीखुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशनदिएका छन्।

अध्यक्ष ओलीले भने, ‘कतिपय राष्ट्रिय विषयहरु, त्यो राष्ट्रिय विषय मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालयभनेको विदेशीको दलाली हो।

राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीन विरुद्धको गद्दारी गर्न खोजेको हा २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो।आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्विकार गर्न खोजिएको हो। स्वाधिनतालाई अस्विकार गरेको हो। के हो त्यो? विश्वविद्यालय बनाउनखोजेको हो त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हा विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो। त्यहाँकोयुरेनियम, त्यसमा ध्यान दिएको हो। त्यहाँबाट पहिला २०३१ सालमा वाङदी भन्नेले मुस्ताङबाटै अगाडि बढाएको थियो।

मार्फाबाट अव लिएर जाने लोमाङथाङका भन्दा माथि जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय। भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरुमात्रै बस्छन त्यहाँ। , यो एउटा बुहतै खतरनाक कुरा हो। अहिले सरकारमा बस्नेहरुलाई कुनै लाजसराम छैन्। हाम्रो भान्साभान्सामाविषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हुँदैनन्। त्यति हो कुरा। मालिक खुसीहुन्छन भने नेपाली मेरेर के भयो? नेपालीका भान्सामा विषादी आएर के भयो? भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारी आदिइत्यादिको विषयमा विषाधिको कुनै जाचबुझ गर्न पाईने छैन भन्ने आयो। हामीसँग संयन्त्र नहुने बेग्लै कुरा हो। भएजति जाँच्नु पर्‍यो नि तर जाँच्न नपाईने किनभने छिमेकी खुशी पार्ने। अरु खुशी पार्ने। बाह्य शक्तिलाई खुसी पार्ने, आफ्ना जनतालाईविषाक्त चिजहरु खुवाएर मार्ने। त्यसखालको नीति लिएको सरकारले त्यसको हामीले विरोध गर्नु परेन? राष्ट्रिय हितको विषयमाहामीले लडनु पर्छ।

अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए उनले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयीगराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। अनेरास्ववियूले मुलुकको राजनीतिक परिवर्तनमा ठूलो योगदानगरेकाले स्ववियू निर्वाचनमा सोही संगठनलाई जिताउन लाग्नुपर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय