सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन गतेजनयुद्ध दिवसलाईराष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष ओलीले फागुन गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नुदुःखद् भएको बताए।  

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएकोविश्वशान्ति प्रार्थनापुस्तक विमोचनकार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेकोदेखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।  

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामाआईसकेपछि किन फेरी हिंसाको महिमामण्डन गर्नु पर्‍यो? भनि प्रश्न समेत गरे। उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनिअर्थ नरहेको पनि बताए।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय