चालु आर्थिक वर्षको छ महिनामा कूल पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतलेवृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह१३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ६४ दशमलव छ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३पुगेको छ।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा नौ दशलवम पाँच प्रतिशतले वृद्धि भई एक लाख४२ हजार पाँच सय ४८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले वृद्धि भई छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको थियो।
