काठमाडौं मिस नेपाल२०२३ को आवेदन खुला भएको हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँसंस्करणको घोषणा गरेको हो  इच्छुक प्रतियोगीले चैत गतेसम्म आवेदन दिन सक्नेछन् जेठ १३ गते ललितपुर गोदावरीकोसनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ

यस वर्ष फिट इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन्

सातै प्रदेशमा अडिसन हुने त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् जसको स्थान मिति पछि सार्वजनिक गर्ने जनाइएको

पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने भएको पहिलोपटक मिस नेपालले औपचारिक रुपमाकाठमाडौंबाहिर यस्तो कार्यक्रम गर्न लागेको हो यसलाई हामीले निकट भविष्यमै उपत्यकाबाहिर ग्राण्ड फिनाले गर्न सकिने योजनाकोरुपमा हेरेका छौं सोहीअनुसार पोखरामा रिक्रिएसनल कार्यक्रम गर्न लागेका हौ,ंहिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने

गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एप समेत सार्वजनिक गरियो सोही एपमार्फत इच्छुकले आवेदन दिनसक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन्

पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाललाई बृहत समावेशी बनाउन प्रयत्न हुने बताए सोअवसरमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले अनुभव बाँडे सरिशा न्यान्सीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टबारे अनुभव सुनाए मिस वर्ल्ड भने आगामी मेमा आयोजना हुँदैछ कार्यक्रममा मिसनेपाल प्रियंकाले मिस वर्ल्डको ब्युटी विथ पर्पसको भिडियो टिजर प्रस्तुत गरिन्

यसपटक मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका रहेको मिडिया पार्टनरमा अनलाइनखबर डटकम समेत पर्यटनबोर्डले समेत यसपटक पर्यटन पार्टनरको रुपमा सहकार्य गरेको यसपटक पनि कोरियोग्राफरको रुपमा रचना गुरुङ शर्मा रहेकी छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय