काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले नेता घनश्याम भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । शनिबार बिहानबसेको सचिवालय बैठकले भूसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको सचिवालय सदस्य प्रकाश ज्वालाले बताए ।
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालयमा अध्यक्ष माधवकुमार नेपालसहित ११ जना सदस्य थिए । अब भूसाललाईपनि सदस्यमा मनोनीत गरेपछि सचिवालय १२ सदस्यीय बनेको छ । सचिवालयमा ‘सम्मानित नेता‘ झलनाथ खनालसहित मुकुन्दन्यौपाने, राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, वेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडारहेका छन् ।

शुक्रबार एक कार्यक्रमबीच भूसाल पार्टी प्रवेश गरेका थिए । गत निर्वाचनमा उम्मेदवारी बन्न नपाएपछि नेकपा एमाले परित्याग गरेरस्वत्नत्र उम्मेदवारी दिएका भुसाल प्रतिनिसभा सदस्यमा पराजित भएका थिए । यसअघि भूसालले पुस २४ गते नेकपा एकीकृतसमाजवादी पार्टीको वाम एकता वार्ता समितिलाई पत्र लेख्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्तावगरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भुसालले अबको कम्युनिस्ट आन्दोलनको लिगेसी नेकपा एकीकृत समाजवादीसँग रहेको दाबी गरेकाछन् । तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एसले नै अबको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने उनको दाबी थियो ।
यसअघि उनले कम्युनिस्ट पार्टीहरूको एकीकरणका लागि एकीकृत समाजवादी पार्टीको कार्यदिशा ठीक भएको बताएका थिए । उनलेभनेका थिए, ‘नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बनेका छन्। अर्थात् हामी माथिल्लोआधार शिविरबाट तल झरेका छौँ । हामी फेरि त्यही आधार शिविरमा नफर्की सुखै छैन । अर्थात् नेकपाकै विन्दुमा फर्किनु पर्ने भएकोछ ।‘
भूसालको प्रस्तावलाई स्वागत गर्दै वार्ता समितिका संयोजकसमेत रहेका महासचिव वेदुराम भुसालले छिटोभन्दा छिटो पार्टीमा आउनआग्रह गरेका थिए ।
