काठमाडौं ४ प्रदेशसभा २ का गठबन्धन तर्फका उम्मेद्वार कुसुम कुमार कार्कीले काठमाडौँ क्षेत्र नम्बर ४ ” २ ” लाई समृद्ध बनाउन आफूले गर्ने कार्यहरू जनता समक्ष ल्याउनुभएको छ ।

बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको कलम चुनाव चिन्हबाट उम्मेद्वार बन्नु भएका कार्कीले कलममा भोट किन र केका लागि भन्ने कुरालाई आफ्ना प्रतिवद्धता पत्रमा सार्वजनिक गर्नुभएको छ ।

२०७४ सालमा प्रदेश सदस्य निर्वाचित भइ काम गर्दा पुरा गर्न नसकेका कतिपय योजनाहरु आफूले गरेका अधुरा कामहरु पुरा गर्ने दायित्व समेत आफ्नो भएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आव्हान गर्नुभएको छ ।

चुनावी अभियानमा मत माग्दै जनताका घर आँगनमा पुग्दै उम्मेदवार कार्कीले आफ्ना भावी योजनाहरुको फेहरिस्त प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गर्नुभएको हो ।

प्रतिबद्धता पत्रमा कार्किले निति निर्माणका कार्यहरु, सडक स्तरोन्नति तथा निर्माण, सम्पदाहरुको संरक्षण तथा निर्माण, खानेपानी, स्वास्थ्य, बाढी तथा पहिरो नियन्त्रण, प्राकृतिक स्रोतको संरक्षण, खेलकुद, स्वरोजगार, कृषि, पर्यावरणीय सुरक्षा र पर्यटन प्रबर्द्धनको लागि पार्क निर्माण, ढल व्यवस्थापन, शिक्षा, सामाजिक सुरक्षा जस्ता हरेक क्षेत्रमा आफूले निर्वाचित भएपछि गर्ने कार्यहरु र आफूले यस अघि गरेका कार्यहरू समेटिएको अपिल सार्वजनिक गर्नुभएको छ ।

 

कुसुम कुमार कार्कि , गगन थापा

यस्तो छ कार्कीद्वारा जारी अपिल र कार्कीले गर्नुभएका कार्यहरू :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय