काठमाडौं , कार्तिक ३० : आगामी मंसिर ४ गते एकै चरणमा संघिय तथा प्रादेशिक तहको आम निर्वाचनले देश उल्लासमय भएको छ । संविधान एवम् व्यवस्थाको पक्षधर र संविधान एवम् व्यवस्थाको विपक्षीबीच हुने यो निर्वाचन यसअघि हुने निर्वाचन भन्दा फरक हो ।

यसोत राजनीतिको केन्द्र राजधानी र राजधानीको बहुचर्चित क्षेत्र , क्षेत्र नम्बर ४ जहाँबाट गठबन्धनका साझा उम्मेद्वार प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र प्रदेशसभा ‘ २ ‘का लागि अत्यन्तै लोकप्रिय र विकासप्रेमी नेता, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कुसुम कुमार कार्की हुनुहुन्छ, त्यसकारण पनि यस क्षेत्र चर्चामा छ । जनताका हरेक समस्यामा मलमपट्टि लगाउदै र यस क्षेत्रको विकासका लागि अहोरात्र क्रियाशिल हुनुभएका यी दुई आदर्शवान व्यक्तिहरु जनताहरुले सर्वाधिक रुचाउनुभएका व्यक्तिहरु हुनुहुन्छ । हामीले ५०० जनामा गरेको एक सर्वेक्षणमा युवाहरूदेखि ज्येष्ठसम्मले यी पात्रहरूलाई भोट दिने उद्घोष गर्नुभयो । सफेद , शुद्ध छवि भएका यी दुई उम्मेद्वारले यस क्षेत्रको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा व्यापक जनविश्वास रहेको पाइन्छ ।

कुसुम कुमार कार्कि , गगन थापा

यसअघि प्रतिनिधिसभा सदस्य भएका थापाले थुप्रै कार्यहरू गर्नुभएको छ, कोरोनाको समयमा स्वास्थोपचार देखि स्वास्थ्य विमा, डायलासेस सेवा पुरै निःशुल्क, मृगौला प्रत्यारोपण पुरै निःशुल्क, मृगौलाको प्रारम्भीक परिक्षणका लागि डिपिस्टीक किट पठाइएको, बाथमुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको, नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको आदि अत्यन्तै महत्त्वपूर्ण कार्य थापाले गरे । यता कार्कीले चुनिदेवी मन्दिर , श्री सिद्धी गणेश बिनायक मन्दिर , देउ पार्क(टुपेक देउद्य:), वटाबु कृषि सडक, टुपेक ग्यावली ढ्ल बिकास, नाटेस्वर मार्ग (लाहुरे दाइको घर साइड) थप बजेट ३० लाखको काम सम्पन्नताको चरणमा, हाकु टोल सडक निर्माण, लागत साझेदारी तरकारी खेती कार्यक्रम , गाम्चा प्रदेश पार्क आदि सम्पदा, सडक तथा पार्क निर्माण तथा स्तरोन्नति गर्नुभएको छ । अन्य उल्लेखनीय कार्यहरुको पहल गर्नुभएको छ ।

 

त्यसैले यस क्षेत्रका नागरिकहरुको एकै स्वर गगन र कुसुम ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय