२०७९/०१/०४; शैलुङ-दोलखा : दोलखाको दक्षिण पश्चिममा पर्ने कालिभुमे माध्यमिक विद्यालय ( बोत्ले ) मा विगत २ दशकदेखि अध्यापन गर्दै आउनुभएको शिक्षक लालमाया तामाङले गरिब तथा जेहेन्दार विद्यार्थिहरुको शैक्षिक स्तरवृद्धि गर्न र ती खाले विद्यार्थिहरुलाई शैक्षिक सामाग्री खरिदमा अनन्तकालसम्म सघाउ पुगोस् भन्ने उदेश्य विद्यालयद्वारा स्थापना गरिएको अक्षयकोषमा नगद रु. १०,५०० ( अक्षरुपी दस हजार पाँच सय रूपैयाँ ) सहयोग हस्तान्तरण गर्नुभएको छ ।
अङ्ग्रेजी शिक्षक तथा सहायक प्रधानाध्यापक समेत रहनुभएकी तामाङले आज प्रधानाध्यापक राम मोहन सल्हैतालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । शिक्षक तामाङ लामो समयदेखि ग्रामीण शैक्षिक उन्नयनका निम्ति विभिन्न कोणबाट सामाजिक योगदान गर्दै आउनुभएको व्यक्ति हुनुहुन्छ ।
आर्थिक रूपमा कम्जोर भएकै कारण धेरै विद्यार्थी भाइबहिनीहरुले शैक्षिक सामग्री विना नै विद्यालय आएको मैले देख्दै आएको छु त्यो समस्याले विद्यार्थीहरुको शैक्षिक उन्नतिमा असर पर्ने देखेपछि हामीले छलफल गर्दै एउटा अक्षयकोष स्थापना गर्ने र सोही अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट ती खाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न यो स्थापना गरिएको शिक्षक तामाङको भनाइ रहेको छ ।
