
रविन्द्र ढुंगेल : वैकल्पिक सिकाइका मार्गहरु; खेल्दै सिक्दै केन्द्र सन्चालनको लागि काठमाडौं महानगरपालिका–१५, समुन्नत नेपाल र स्वयम्भूसामुदायिक अध्ययन केन्द्रबीच त्रिपक्षिय सम्झौता सम्पन्न भएको छ । साउन २९ गते काठमाडौं महानगरपालिका उपप्रमुख सुनिताडंगोलको उपस्थितिमा उक्त सम्झौता भएको हो । जसमा काठमाडौं महानगरपालिका – १५ को तर्फबाट वडा अध्यक्ष इश्वरमान डंगोल , समुन्नत नेपालको तर्फबाट कार्यकारी निर्देशक योगेश कुमार श्रेष्ठ र स्वयम्भू सामुदायिक अध्ययन केन्द्रको तर्फबाट अध्यक्ष अर्जुनडंगोलले उक्त सम्झौता पत्र प्रमाणिकरण गरि ग्रहण गर्नुभयो ।
उक्त कार्यक्रममा विगत ६ बर्षदेखि विभिन्न सपोर्ट प्रोग्राम मार्फत स्वयम्भू सामुदायिक अध्ययन केन्द्रलाई सहयोग प्रदान गर्दै आइरहेकोसमुन्नत नेपालले थप २३ महिना विविध शिर्षकमा सहयोगको सम्झौता सहितको मोडेल प्रस्तुत गरिएको थियो । काठमाडौंमहानगरपालिका उपप्रमुख सुनिता डंगोलले विगत झै सामुदायिक अध्ययन केन्द्रलाई प्रभावकारी भूमिका निर्वाह गर्न शुभकामना दिनुभयो। उहाँले सामुदायिक अध्ययन केन्द्रलाई महानगरले दिने सपोर्ट बढाएको चर्चा गर्दै निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्तगर्नुभयो । वडा अध्यक्ष इश्वरमान डंगोलद्वारा भएको कामको प्रशंसा गर्दै डंगोलले सहकार्य गर्ने संस्था समुन्नत नेपाललाई धन्यवाद समेतदिनुभयो । कार्यक्रममा सामुदायिक अध्ययन केन्द्रबाट उद्यम गरि जिविकोपार्जन गरिरहेका प्रतिनिधि पात्रहरुले अनुभव सुनाउनुभएकोथियो ।
काठमाडौं महानगरपालिका – १५ को तर्फबाट वडा अध्यक्ष इश्वरमान डंगोलले विगतमा पनि यस केन्द्रले गरेको कामको चर्चागर्दैसामुदायिक अध्ययन केन्द्र महानगरलाई सपोर्ट गर्ने सहयोगी संस्था भएको उल्लेख गर्नुभयो । साथै समुन्नत नेपालका अध्यक्ष योगेशकुमारले शिक्षाको वैकल्पिक मार्ग खोल्नमा समन्वय गर्नपाउदा खुशि भएको जानकारी दिनुभयो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका – १५ का जनप्रतिनिधि लगायत विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्ने थुप्रै व्यक्तिहरुकोसहभागिता रहेको थियो ।