नेपाली जनताको आशा भरोसाको केन्द्र, राष्ट्रको अग्रणी पार्टी, प्रजातान्त्रिक मुल्य मान्यताहरुको संस्थापक साथै नेपालमा ‘राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने अभियानमा सकृय नेपाली कांग्रेसको बैतेश्वर गाउँकार्यसमितिले बैतेश्वर गाउँपालिकाको वडा नं १ देखि ८ सम्मको वडा सम्पर्क समिति साथै बैतेश्वर- काठमाडौ सम्पर्क समिति गठन गर्ने भएको छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता, केन्द्रिय उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम चैत्र ५ गते शनिबार म्याकडिनाल्ड क्याफे, मध्यबानेश्वरमा आयोजना हुने कुरा आयोजकले जनाएको छ । बिहान् १० बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसप्रती आस्थावान व्यक्तिहरुलाई यसै सूचना मार्फत निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय