रवीन्द्र ढुंगेल ,२०७८/११/२८ ,काठमाडौ : दोलखाको भिमेश्वर नगरपालिकामा जन्मिएका निर्माण व्यवसायी महासंघका केन्द्रिय महासचिव हुन् रोशन दाहाल निर्माण व्यवसायीहरुलाई संगठित गर्दै लामो समयदेखि निर्माण व्यवसायीहरुको हितको निम्ति क्रियाशिल दाहाल दोलखाको सन्दर्भमा हरेक विपत्तिका सारथि हुन् ।

चाहे कोरोना महामारीको समयमा होस् वा भुकम्प जस्ता दैवीप्रकोपको समयमा होस् नागरिकको सहयोगमा अग्रसरता देखाउने व्यक्ति हुन् दाहाल । देशभरका कयौँ जिल्लाहरुमा निर्माण व्यवसायीको संगठन नभएको अवस्थामा काठमाडौँ उपत्यकाबाट महासंघको जग बसाल्ने ऐतिहासिक सुरुवात गरेका दाहाल आर.डी. एण्ड निर्माण सेवाका प्रवन्ध निर्देशक हुनुहुन्छ सहयोगी भावना भएका दाहालले २०४८ सालबाट निर्माण व्यवसाय सुरु गरेका हुन् । काठमाडौँ उपत्यकाका ३ जिल्लाका निर्माण व्यसायीहरु संगठित भएर बनेको ‘काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघ’को तदर्थ समितिको सचिव बनेपछि दाहाल नेतृत्वदायी भूमीकामा उदाए ।

१ पटक निर्विरोध र २ पटक निर्वाचित गरि उनी उपत्यका निर्माण व्यवसायी संघको ३ पटक अध्यक्ष बने । त्यसपछि सह–कोषाध्यक्षको रुपमा निर्माण व्यवसायी महासंघमा प्रवेश गरेका दाहाल २ कार्यकाल कोषाध्यक्ष बने र, अहिले बहालवाला महासचिव छन् । संघारमै आएको महासंघको अधिवेशनमा उनी पुनः एक कार्यकाल महासचिवमै दोहोरिन चाहेका छन् ।

उनले उम्मेदवारी पनि घोषणा गरिसकेका छन् । निर्माण व्यवसायीहरुको लागि थप अझै कार्यहरु गर्न बाँकी रहेकोे बताउने दाहाल भन्छन् : हामीले कोरोनाको तेस्रो लहरका कारण २३औँ साधारणसभा तथा १२औँ अधिवेशन समयमै गर्न सकेनौँ । अनि हाम्रो विधानमा भएको व्यवस्था अनुसार कार्यसमितिको म्याद ६ महिना थप गर्यौ । थपिएको ६ महिना पनि चैत ७ गते सकिँदैछ । त्यसैले अहिले हामी साधारणसभा र अधिवेशनको तीव्र तयारीमा छौँ ।

अब मेरो उम्मेदवारीको कुरा गर्नुहुन्छ भने मलाई देशभरका साथीहरुले एक पटक महासचिवमै बसेर अहिले सुरु गरेका कामहरुलाई अन्तिम टुंगोमा पुर्याउँन भूमीका खेलिदिनुहोस् भन्नु भएको छ । म त उहाँहरुको शुभेच्छाले महासचिव भएको हुँ । अब उहाँहरुको चाहना फेरि एक पटक महासचिवमै बसेर महासंघले अहिले सुरु गरेका कामलाई अन्तिम टुंगोमा पुर्याउन सहयोग गरोस् भन्ने भएपछि मैले महासचिवमै उम्मेदवारी घोषणा गरेको हुँ ।

विचार विन्याससँगको कुराकानीमा हामीले उहाँका मुलभुत जवाफहरुलाई समेटेर नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रिय महासचिवमा रोशन दाहाललाई यसकारण भोट हाल्नुस भनेका छौँ सो कारणहरु यसप्रकार छन् :

१) सानाठूला सबै खाले निर्माण व्यवसायीहरुको एकतालाई मजबुत बनाउन ।

२) ‘महासंघलाई राजनीतिभन्दा बाहिर राख्न र निर्माण व्यवसायको क्षेत्रमा केही ऐन नियमहरुलाई समय सापेक्ष बनाउँदै लैजान ।

३) ‘सार्वजनिक खरिद ऐनलाई संसदबाट पास गराउदै व्यवसायी साथीहरुका धेरै समस्या समाधान गर्न ।

४) समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउन साथै निर्माण व्यवसायलाई जोखिममुक्त बनाउन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय