लामो समयदेखि विद्यार्थी आन्दोलनको नेतृत्व गरिरहेका रेसम रिमाल । विद्यार्थी तथा युवाहरुले राष्ट्रिय हित र स्वार्थलाई केन्द्रभागमा राख्दै राष्ट्रिय स्वाधिनताको लडाईलाई रचनात्मक र सिर्जनात्मक तरिकाले गन्तव्यमा पुर्याउने एउटा प्रमुख दायित्व हाम्रो सामु रहेको छ भन्नुहुन्छ । प्रखर एवं प्रभावशाली युवा नेता, राजनीतिक विचारक एवं प्रयोक्ता नेकपा एमाले जिल्ला कमिटी सदस्य रहेका रेशम रिमालको राजनीतिक जीवन २०५८ सालमा अनेरास्ववियु “बैतेश्वर मा.वि प्रा.क. मा आवद्ध हुँदै सुरु भयो । २०५९ अनेरास्ववियु प्रा.क सचिव बैतेश्वर उमावि हुँदै, २०६० अनेरास्ववियु गौरीशंकर क्याम्पस कमिटी सदस्य हुँदै नेता रिमाल २०६२ गौरीशंकर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सदस्यमा निर्वाचीत हुनुभयो ।
२०६२ अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६४ अनेरास्ववियु जि.क सचिवालय सदस्य , २०६६ अनेरास्ववियु जि.क सचिव निर्वाचीत (१६ औ) हुँदै २०६८ १९ औ जिल्ला सम्मेलनबाट अनेरास्ववियु जिल्ला कमिटी दोलखा अध्यक्ष निर्वाचीत भएका रिमाल २०७१ मा सम्पन्न २० औं जिल्ला सम्मेलनबाट पुन अनेरास्ववियु जि.क.दोलखाको अध्यक्ष निर्वाचित भए । २०६८ अनेरास्ववियु पुर्वि बागमती अञ्चल कमिटि सदस्य तथा २०७४ स्थानीय तह निर्वाचनबाट बैतेश्वर गाउँपालिका वडा नं.७ को वडा अध्यक्ष निर्वाचित भएका रिमाल २०७५ नेकपा एमाले जि.क सदस्यमा आवद्ध (हाल वडा अध्यक्ष र नेकपा एमाले जि.क सदस्यमा क्रियाशिल) छन् । नेता रिमालले नेकपा ( एमाले ) जिल्ला कमिटी दोलखाको दशौँ अधिवेशनमा उपसचिवको लागि उम्मेद्बारी दिनुभएको छ ।
उनै युवाहरूका राजनीतिक धरोहर, राज्यको दोहन गर्न नहुने तर्क राख्दै तलब, सुविधा समेत नलिएका रिमाललाई विचार विन्यासका प्रधान-सम्पादक रविन्द्र ढुंगेलले उप-सचीवमा उम्मेद्बारी दिनुका कारणहरु सोध्नुभएको थियो । सोही अनुसार नेता रिमालले नेकपा ( एमाले ) जिल्ला कमिटी उप-सचिवमा उम्मेद्बारी दिनुका कारणहरु यसप्रकार छन् ।
१) पार्टीलाई ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशीलता, मौलिकता सहितको बनाउन ।
२) सामाजिक न्याय र समावेशीकरणलाई समेट्दै युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउन, गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा हराएको परम्परागत राजनीतिक चिन्तनलाई परास्त गर्न ।
३) सिमित र निश्चित व्यक्तिको कब्जामा रहेकोे दोलखाको राजनीतिलाई मुक्त गराउँदै जनपक्षीय, सामाजिक र आर्थिक परिवर्तनकालागि केन्द्रित बनाउन ।
४) कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित गराउँदै समृद्ध दोलखा निर्माणको ऐतिहासिक खाका कोर्न र जबको वस्तुगत प्रयोग गर्न ।
५) श्रमजीवी वर्गको राज्य व्यवस्था ( स्थानीय तथा केन्द्रिय सरकार ) निर्माण गर्न र जिल्लाभरको गरिमा बढाउन ।
६) विद्यार्थी तथा युवाहरुले राष्ट्रिय हित र स्वार्थलाई केन्द्रभागमा राख्दै राष्ट्रिय स्वाधिनताको लडाईलाई रचनात्मक र सिर्जनात्मक तरिकाले गन्तव्यमा पुर्याउन ।
